युएसए कराते ओपन एण्ड जुनियर इन्टरनेश्लन कप : पहिलो दिन इस्कालाई दुई स्वर्ण सहित ६ पदक
फोर्थ वर्थ टेक्सस / इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसन (इस्का) ले युएसए कराते ओपन एण्ड जुनियर इन्टरनेश्लन कपको पहिलो दिन बिहीबार एक स्वर्ण सहित ६ पदक जितेको छ ।
अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थ स्थित कन्भेन्सन सेन्टरमा भएको प्रतियोगितामा इस्काकी जेनिशा सुवेदीले दोहोरो स्वर्ण जितिन् ।

उनले १७ वर्ष इन्टरमिडिएट डिभिजनको काता र कुमिते दुवै तर्फ स्वर्ण जितेकी थिइन ।
इस्काका ओसेफ सुवेदीले १२ वर्ष इन्टरमिडिएट डिभिजन कातामा रजत र अंकित राईले १५ वर्ष एडभान्स डिभिजन तर्फ कुमितेमा रजत पदक जिते ।
यस्तै रिदम रिजालले १४ वर्ष इन्टरमिडिएट डिभिजन कातामा कांस्य र आयुष कुइँकेलले १५ वर्ष एडभान्स डिभिजन कुमिते कांस्य पदक जिते ।
अमेरिकाको ओहायो राज्यमा नेपाली भाषी भूटानी समुदायमा सक्रिय इस्काबाट युएसए कराते ओपन एण्ड जुनियर इन्टरनेश्लन कपमा यस पटक १३ खेलाडी तीन प्रशिक्षक अफिसियल ४ सहभागि छन् ।
इस्काले अध्यक्ष तथा प्रमुख प्रशिक्षक शिव योगीले पहिलो दिनको नतिजाले राम्रो संकेत गरेको बताए ।’हाम्रा केही राम्रो खेलाडी शुरुमै नेश्नल टिमबाट खेल्दै आएकाहरू सँग प्रतिस्पर्धा गर्न पुगे, नत्र अझै पदकको संख्या बढ्ने थियो। जुनियर इन्टरनेश्नलमा शुक्रवार अझै खेल्न बाँकी छ र यूएस ओपनमा पनि थप पदक जित्छौ भन्ने विश्वासमा छौ।’ पहिलो दिनको खेल पछि योगीले समाज टाइम्स सँग भने ।
प्रतियोगिता आइतबार सम्म जारी रहने छ ।

र यो पनि …
साफ च्याम्पियन सुनिल लामाका छोरा याङतेनलाई युएसए कराते ओपन एण्ड जुनियर इन्टरनेश्लन कपमा स्वर्ण
















