साफ च्याम्पियन सुनिल लामाका छोरा याङतेनलाई युएसए कराते ओपन एण्ड जुनियर इन्टरनेश्लन कपमा स्वर्ण
फोर्थ वर्थ टेक्सस / न्यु योर्क निवासी १२ वर्षिया याङतेन लामाले अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थ स्थित कन्भेन्सन सेन्टरमा बिहीबारदेखि शुरु भएको युएसए कराते ओपन एण्ड जुनियर इन्टरनेश्लन कपमा स्वर्ण पदक जितेका छन् ।
उनले १२-१३ वर्ष एडभान्समा स्वर्ण जितेका हुन्। सो समूहमा १२ जनाले प्रतिस्पर्धा गरेका थिए । याङतेनले स्वर्ण जित्न एकै दिन पाँच खेलमा लगातार जित निकालेका थिए ।
याङतेन दक्षिण एशियाली खेलकुद सागको स्वर्ण विजेता सुनिल लामाका छोरा हुन्।
याङतेनले शनिवार यूएस ओपनमा पनि प्रतिस्पर्धा गर्ने छन्।
युएसए कराते ओपन एण्ड जुनियर इन्टरनेश्लन कपमा यस पटक एक हजार भन्दा धेरै खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।
अघिल्लो वर्ष ३६ सय भन्दै धेरैले यस प्रतियोगितामा सहभागिता जनाएका थिए ।
र यो पनि …
युएसए कराते ओपन एण्ड जुनियर इन्टरनेश्लन कप : पहिलो दिन इस्कालाई दुई स्वर्ण सहित ६ पदक
















