डा. हेमराज शर्माको ‘रिब्रान्डिङ’ एनआरएनए : विधानको धज्जी, भागबण्डामा जम्बो कार्यसमिति
काठमाडौ / गैर आवासीय नेपाली संघ (एनआरएनए) मा डा हेमराज शर्माको रिब्रान्डिङको नारा संस्था विधि, विधान र पारदर्शितामाथि निर्मम प्रहार गर्दै भागबन्डामा जम्बो कार्यसमितिबाट शुरु भएको छ।
विधानको व्याख्या गर्दै नथाक्ने, नियम र प्रक्रियाको दुहाइ दिने डा. हेमराज शर्मा स्वयं अध्यक्षको कुर्सीमा पुग्नेबित्तिकै त्यही विधानलाई कुल्चिएको आरोप लाग्नु आफैंमा गम्भीर विडम्बना हो।
जुन व्यक्तिले वर्षौंदेखि संस्थालाई ‘विधि र प्रणाली’ मा चलाउनुपर्छ भनेर भाषण दिँदै आएका थिए, उनैको नेतृत्वमा प्रक्रिया मिचिएको देखिनु संयोग मात्र होइन—यो चरित्रको परीक्षणमा असफलता हो।
पद पाएपछि सबै जायज हुन्छ भन्ने प्रवृत्तिको ज्वलन्त उदाहरण अहिले एनआरएनएमा देखिएको छ। “पहिले सिद्धान्त, पछि सत्ता” भन्ने मूल्य उल्टिएर “पहिले सत्ता, जे भए पनि ठीक” भन्ने स्तरमा झरेको संकेत मिलेको छ।
बेलायतजस्तो विकसित देशका विश्वविद्यालयमा प्राध्यापन गर्ने व्यक्तिबाट कम्तीमा पनि उच्च नैतिकता, पारदर्शिता र विधिको सम्मानको अपेक्षा गरिन्छ।
तर डा. शर्माको व्यवहारले उल्टै प्रश्न उठाएको छ , यदि यति उच्च शैक्षिक पृष्ठभूमि भएका व्यक्तिले पदका लागि यस हदसम्म सम्झौता गर्न सक्छन् भने, सामान्य कार्यकर्ताबाट कस्तो अपेक्षा गर्ने?
यो घटनाले केवल व्यक्तिमाथि प्रश्न उठाएको होइन, एनआरएनएको नेतृत्व छनोट प्रणाली, मूल्य र संस्कारमाथि नै गम्भीर प्रश्नचिन्ह खडा गरेको छ।
निर्वाचन प्रक्रिया नै प्रश्नमा : ‘निर्विरोध’ को नाममा सेटिङ?
मार्च १४ देखि १६ सम्म काठमाडौंमा सम्पन्न १२औँ महाधिवेशनबाट डा. शर्मालाई अध्यक्षमा ‘निर्विरोध’ चयन गरिएको घोषणा गरियो। तर, यो चयन प्रक्रिया नै पारदर्शी र विधिसम्मत नभएको भन्दै व्यापक प्रश्न उठेको छ।
विधानअनुसार हुनुपर्ने डेलिगेट चयन, मतदान प्रक्रिया र औपचारिक निर्वाचन प्रणाली स्पष्ट रूपमा पालना गरिएको देखिँदैन। अझ चकित पार्ने कुरा के भने—अधिवेशन सकिएको भोलिपल्ट मात्रै कार्यसमिति घोषणा गरियो, त्यो पनि हतारमा र बिना स्पष्ट प्रक्रिया।
यसले ‘निर्विरोध’ को नाममा आन्तरिक सेटिङ र भागबण्डा भएको आशंकालाई थप बल दिएको छ।
जम्बो संरचना : विधानभन्दा बाहिर पद सिर्जना
नयाँ कार्यसमिति घोषणा गर्दा संस्थाको विधानमै नभएका पदहरू थपेर जम्बो संरचना बनाइएको छ। ‘वरिष्ठ उपाध्यक्ष’, थप उपाध्यक्ष र उपमहासचिवजस्ता पद सिर्जना गरेर शक्ति बाँडफाँड गरिएको छ।
यो कदमले स्पष्ट सन्देश दिएको छ—
संस्था सञ्चालनभन्दा पद बाँडफाँड प्राथमिकतामा परेको छ।
एकताको नारा, भित्र गुटको खेल
‘एकताको महाधिवेशन’ भनेर प्रचार गरिएको कार्यक्रम अन्ततः गुटगत स्वार्थको खेलमैदान बनेको आरोप छ।
सोल्टी होटलमा लाखौँ खर्च गरेर गरिएको कार्यक्रम तीन दिनसम्म पनि सहमति जुटाउन असफल रहनु स्वयंमा नेतृत्वको कमजोरीको प्रमाण हो।
बद्री केसी समूह र महेश श्रेष्ठ समूहबीचको तानातानले संस्थालाई साझा प्लेटफर्मभन्दा पनि शक्ति संघर्षको केन्द्र बनाएको देखिन्छ।
वर्तमान घटनाक्रमले उल्टै प्रश्न उठाएको छ—
यदि यस्तो पृष्ठभूमिका व्यक्तिले पदका लागि यस हदसम्म सम्झौता गर्न सक्छन् भने, संस्थाको भविष्य कस्तो होला?
उम्मेदवारी दर्ता, फिर्ता र भागबण्डाको खेलले प्रवासी नेपालीको भावनामा गम्भीर चोट पुगेको विश्लेषकहरू बताउँछन्।
यदि यही प्रवृत्ति जारी रहने हो भने,
एनआरएनए एक प्रभावशाली अन्तर्राष्ट्रिय संस्था होइन, काठमाडौं केन्द्रित ‘नेटवर्किङ क्लब’ मा सीमित हुने खतरा बढ्दै गएको छ।
विधान मिचेर बनाइएको संरचना, भागबण्डामा आधारित नियुक्ति र अपारदर्शी प्रक्रिया—यी सबैले स्पष्ट संकेत गर्छन् कि
एनआरएनए अहिले गम्भीर विश्वसनीयता संकटको मोडमा उभिएको छ।
यो संस्था भविष्यमा नाम मात्रैको अन्तर्राष्ट्रिय सञ्जाल बन्ने जोखिम अत्यन्तै उच्च छ।
एनआरएनए आइसीसीको नयाँ जम्बो कार्यसमिति
अध्यक्ष
डा. हेमराज शर्मा (यूके)
वरिष्ठ उपाध्यक्ष
रोबिन प्रसाद शेरचन (जापान)
उपाध्यक्षहरू
रोशन थापा (जाम्बिया)
बुद्धि सुबेदी (अमेरिका)
चिन्तामणि सापकोटा (स्पेन)
ददिवाल खड्का (जापान)
दिनेश पोखरेल (अष्ट्रेलिया)
गोपीकृष्ण काफ्ले (क्यानडा)
डा. ज्ञानेन्द्र रेग्मी (अष्ट्रेलिया)
जुनु गुरुङ (दक्षिण कोरिया)
कमलमणि गुरागाईं (कतार)
खगेन्द्र न्यौपाने (मलेसिया)
लोकप्रसाद दाहाल (बेल्जियम)
महेन्द्र ओली (अष्ट्रेलिया)
मनोज कुमार श्रेष्ठ (यूएई)
प्रबिन गुरुङ (कतार)
पूर्णचन्द्र बनियाँ (अमेरिका)
रबिनराज बज्राचार्य (अमेरिका)
रामशरण सिम्खडा (यूके)
रोजिना प्रधान राई (यूके)
टंकप्रसाद गैरे (जापान)
तिलक गैरे (पोर्चुगल)
विश्वदीप तिगिला (यूके)
महिला उपाध्यक्ष
राधिका गुरुङ (हङकङ)
युवा उपाध्यक्ष
भीमसेन थापा (पोर्चुगल)
महासचिव
डा. चिरञ्जीवी खड्का (चेक गणतन्त्र)
उपमहासचिवहरू
अनुजा प्रधान (बेल्जियम)
बेदराज बस्नेत (अमेरिका)
दिनेश कुमार घिमिरे (यूके)
पारसमणि पोखरेल (जापान)
राजेन्द्र अर्याल (साउदी अरेबिया)
मोहम्मद मुक्तदा (कतार)
स्वतन्त्र प्रताप शाह (अष्ट्रेलिया)
सचिवहरू
अभिमन्यु बस्नेत (क्यानडा)
दीपेश खत्री (जर्मनी)
मदनराज पौडेल (अष्ट्रेलिया)
माधव दुलाल (क्यानडा)
प्रसुना कडेल (यूके)
शिवप्रसाद पौडेल (जापान)
सुजन अधिकारी (अष्ट्रेलिया)
सुजन केसी खत्री (कुवेत)
सुपेन्द्र घिसिङ (जापान)
यज्ञनारायण पौडेल (स्पेन)
भवानी प्रसाद तिमल्सिना (यूएई)
रमेश भट्ट (कतार)
महिला सचिव
अमृता थापा (चीन)
कोषाध्यक्ष
कृष्णप्रसाद तिमल्सेना (यूके)
सह-कोषाध्यक्ष
अब्दुल बासिद (कतार)
बिमल सुबेदी (कतार)
महिला सह-कोषाध्यक्ष
गंगा खतिवडा (दक्षिण कोरिया)
महिला संयोजक
रश्मी थापा (क्यानडा)
युवा संयोजक
नवीन निउरे (जापान)
क्षेत्रीय संयोजकहरू
अफ्रिका: मनोज बी.के. (सेशेल्स)
अमेरिका: भुवन खरेल (क्यानडा)
एसिया–प्रशान्त: दीपक प्रसाद कँडेल (जापान)
युरोप: रोबोट लिम्बु (पोर्चुगल)
मध्यपूर्व: रमेश श्रेष्ठ (यूएई)
ओसियानिया: रमेश जोशी (अष्ट्रेलिया)
उप-क्षेत्रीय संयोजकहरू
अमेरिका: नेत्र पाण्डे, सम्राट थापा
एसिया–प्रशान्त: भविन्द्र बस्नेत, छत्रबहादुर दाहाल, लालसिंह खड्का
युरोप: तिलकराम भट्टराई
मध्यपूर्व: बिकाल झा, विकास शाही, विष्णुलाल श्रेष्ठ, करिम बक्स मिया
ओसियानिया: छबीप्रसाद सापकोटा, सीके भुसाल, हेमन्त काफ्ले
महिला संयोजकहरू
संगीता अधिकारी (जापान)
बाबा (राजेश्वरी) थापा (अस्ट्रिया)
सरिता भण्डारी (कतार)
उप-क्षेत्रीय महिला संयोजक
राधा सिग्देल (जर्मनी)
मञ्जु मल्ल (यूएई)
युवा संयोजक (उप-क्षेत्रीय)
राम थापा (जापान)
शिव सागर बुढथोकी (पोर्चुगल)
सुजन सापकोटा (यूएई)
ओमन गौचन (यूके)
बासुदेव सापकोटा (साउदी अरेबिया)
दोस्रो पुस्ता संयोजक
दीपमाला ढकाल (हङकङ)
प्रवक्ता
सोम सापकोटा















