अमेरिकी प्रतिनिधि सभाले पारित गर्यो मतदानका लागि नागरिकता प्रमाण देखाउनु पर्ने बिल
वासिङटन / अमेरिकी प्रतिनिधि सभाले बुधबार मतदानका लागि नागरिकताको प्रमाण देखाउनु पर्ने बिल पारित गरेको छ।
तल्लो संसदले पारित गरेको ‘सेभ अमेरिका एक्ट’ बिलले मध्यावधि निर्वाचन अघि मतदाता दर्ता र मतदानमा नागरिकता प्रमाण देखाउने अनिवार्यता ल्याउने प्रस्ताव गरेको छ।
यो बिललाई रिपब्लिकनहरूले अगाडि बढाएका हुन् र उनीहरूका अनुसार यसले मतदाता धोखाधडी रोक्ने लक्ष्य राख्छ, तर डेमोक्रेटहरूले यसलाई लाखौँ अमेरिकी मतदातालाई मतदानबाट वञ्चित गर्ने प्रयास भनेर आलोचना गरेका छन्।
बिलले मतदाता दर्ता गर्दा अमेरिकी नागरिक भएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरेको छ । वैध अमेरिकी पासपोर्ट वा जन्म प्रमाणपत्र देखाउनु पर्ने छ। मतदान गर्नुअघि फोटो आइडी पनि देखाउनुपर्ने प्रावधान छ, जुन केही राज्यहरूमा पहिले नै लागू छ। प्रतिनिधि सभामा यो बिल २१८–२१३ मतले पारित भएको हो, जसमा मुख्यतया पार्टी लाइन मत परेको थियो।
रिपब्लिकनहरूको तर्क छ कि यो नियम आवश्यक छ किनभने हालको कानून पर्याप्त बलियो छैन र आप्रवासी नागरिकले मतदान नगर्ने सुनिश्चित गर्न जरुरी छ। तर डेमोक्रेटहरूले भने यो कानून लागू भए लाखौँ नागरिकको मतदान अधिकारमा असर पर्ने चेतावनी दिएका छन्।
विशेषज्ञहरूको अनुसार अमेरिकामा मतदाता धोखाधडी अत्यन्त कम मात्रामा हुन्छ, र लगभग सबै नागरिकसँग आफ्नो नागरिकता प्रमाण गर्ने कागजात हुन्छ।
बिलको विरोधमा डेमोक्रेट प्रतिनिधि जिम म्याकगभर्नले भने, “यसको उद्देश्य सरल छ – रिपब्लिकनहरूले कम अमेरिकीलाई मतदान गराउने प्रयास गरिरहेका छन्।” यस संस्करणले केही आवश्यकता अझ कडा बनाएको छ र विवाह गर्दा नाम परिवर्तन भएकालाई आफ्नो पहिचान प्रमाणित गर्न प्रक्रिया उपलब्ध गराएको छ। साथै, राज्यहरूले मतदाता सूचि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सँग साझेदारी गर्नुपर्ने प्रावधान राखिएको छ, जसलाई गोपनीयतामा हस्तक्षेपको रूपमा आलोचना गरिएको छ।
यदि यो बिल सिनेटबाट पास र राष्ट्रपति द्वारा स्वीकृत भयो भने मात्र लागू हुनेछ। तर सिनेटमा ६० मतको समर्थन आवश्यक पर्ने नियमले पास गर्न चुनौतीपूर्ण बनाएको छ। केही रिपब्लिकन सेन्टरहरूले यसलाई फिलिबस्टर नियमबाट छिटो अघि बढाउने प्रस्ताव पनि गरेका छन्।
फिलिबस्टर अमेरिकी सिनेटको नियम अन्तर्गतको एउटा प्रक्रिया हो, जसले सिनेटमा कुनै बिल वा प्रस्तावको मतदान ढिलो गर्न वा रोक्न प्रयोग गरिन्छ।
यदि कुनै सिनेटरले फिलिबस्टर गर्नु भनेको अनिश्चितकालसम्म बहस गर्न सक्छन्, जसले बिलको मतदान तत्काल गर्न रोक्छ। यो प्रक्रिया विशेष गरी अल्पसंख्यक दललाई अधिकार दिने उपकरण मानिन्छ।

















