टीपीएस अन्त्यको निर्णयले लाखौँ अमेरिकी आप्रवासी जोखिममा
कार्लाल, पेन्सिलभेनिया / ट्रम्प प्रशासनले सोमालिया हाइटी र यमनसहित १३ देशका नागरिकहरूका लागि लागू गरिएको टेम्पोरेरी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) चाडै अन्त्य गर्ने निर्णय गरेको छ ।
यस निर्णयले हजारौँ आप्रवासीहरूलाई असर पार्नेछ । जसका कारण उनीहरू डिपोर्टटेसनको जोखिममा पर्न सक्ने देखिएको छ । यीमध्ये धेरै देशहरू अझै पनि गम्भीर अस्थिरता, हिंसा तथा मानवीय सङ्कटका कारण अमेरिकी विदेश मन्त्रालयको सबैभन्दा उच्च तहको ‘यात्रा नगर्नुहोस्’ चेतावनी सूचीमा छन् ।
(टीपीएस) अन्त्यको निर्णयले अमेरिकामा बसोबास गरिरहेका प्रभावित आप्रवासी समुदायहरूमा डर बढाउनुका साथै थप कानुनी चुनौतीहरू पनि सुरु भएका छन्।
सोमालियाको (टीपीएस) मार्च १७ मा समाप्त हुने
युएस सिटीजन एन्ड इमिग्रेसन सर्भिस (युएससिआइएस) ले सोमालियाका नागरिकका लागि दिइएको (टीपीएस) सुविधा आगामी मार्च १७ बाट समाप्त हुने पुष्टि गरेको छ ।
यससँगै सोमालिया नागरिकहरूलाई दिइँदै आएको डिपोर्टटेसन सुरक्षा र काम गर्ने अनुमति पनि अन्त्य हुनेछ । डिर्पामेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले सोमालियामा अवस्था सुधारिएको दाबी गरे पनि आलोचकहरूले देश अझै पनि हिंसा र अस्थिरताले ग्रसित रहेको बताइरहेका छन् ।
ट्रम्प प्रशासनअन्तर्गत व्यापक रूपमा (टीपीएस) अन्त्य गरिँदा कानुनी विवाद चर्किँदै
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एक दर्जनभन्दा बढी देशका लागि (टीपीएस) अन्त्य गर्ने कदम चालेको छ ।
यस कदमले १३ लाखभन्दा बढी आप्रवासीलाई असर पु¥याएको छ । भेनेजुएला र हाइटीका नागरिकहरूका लागि (टीपीएस) अन्त्य लगायत धेरै निर्णयहरूले संघीय अदालतमा चुनौती दिइरहेका छन् ।
नवौँ सर्किट अदालतले (टीपीएस) खारेज सम्बन्धी मुद्दामा सुनुवाइ गरिरहेको छ । यसैबीच, अमेरिकी सर्वोच्च अदालतले अपिल प्रक्रिया जारी रहँदा केही (टीपीएस) अन्त्य लागू गर्न सकिने आपतकालीन आदेश समेत जारी गरेको छ ।
अमेरिकी आप्रवासी समुदायमा (टीपीएस) अन्त्यको असर
समुदायका नेताहरूका अनुसार (टीपीएस) अन्त्यको घोषणापछि विशेषगरी ओरेगन र मिनेसोटाका सोमाली–अमेरिकी समुदायमा डर र अनिश्चितता बढेको छ । अधिकारकर्मीहरू भन्छन्, धेरै (टीपीएस) धारकहरूले अमेरिकामा रोजगारी, घरपरिवार र अमेरिकी नागरिक सन्तानसहित स्थायी जीवन बनाइसकेका छन् ।
(टीपीएस) गुमेपछि उनीहरू आर्थिक र मानसिक सङ्कटमा पर्ने खतरा रहेको भन्दै विभिन्न संस्थाहरू प्रभावित व्यक्तिहरूलाई आफ्ना अधिकार र सम्भावित कानुनी विकल्पबारे जानकारी दिन केन्द्रित भएका छन् ।
(टीपीएस) गुमाउने देशहरूमा यात्रा जोखिम उच्च
(टीपीएस) अन्त्य भएका १३ मध्ये १० देश अमेरिकी विदेश मन्त्रालयको सबैभन्दा जोखिमपूर्ण लेभल–४ ‘यात्रा नगर्नुहोस्’ सूचिमा छन् । यी देशहरूमा अपराध, आतङ्कवाद र गृह अशान्तिको उच्च जोखिम रहेको उल्लेख गरिएको छ ।
हाइटीको अवस्था विशेष रूपमा गम्भीर रहेको छ । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सका धेरै ठाउँहरू आपराधिक गिरोहको नियन्त्रणमा रहेका कारण ठूलो सङ्ख्यामा मानिस विस्थापित भएका छन् ।
(डिएचएस)ले त्यस्ता जोखिम भएका सोमालिया र हाइटीजस्ता केही देशहरू (टीपीएस)का मापदण्ड पूरा नगर्ने देशहरुमा पर्ने बताइएको छ ।
















