आप्रवासी बालबालिका खोज अभियानमा डिएचएसको प्रगती
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / डिर्पामेन्ट अफ होमल्याण्ड सेक्युरिटी “डिएचएस” की सचिव क्रिस्टी नोयमले ट्रम्प प्रशासनले पहिले पत्ता नलागेका १ लाख २७ हजारभन्दा बढी आप्रवासी बालबालिकाहरूलाई पहिचान गरेको बताएकी छिन् ।
सचिव नोयमले पहिचान भएको धेरै आप्रवासी बालबालिकाहरूलाई सुरक्षित रूपमा फिर्ता गरेको बताएकी छिन् ।
सचिव नोयमले भनिन्, “हामी उनीहरूलाई खोजिरहेका छौं, उनीहरूलाई परिवारसँग पुनर्मिलन गराइरहेका छौं र सुरक्षामा ल्याइरहेका छौं। यही कारणले मलाई यो काम मन पर्छ, किनकि हरेक दिन उठेर अर्थपूर्ण काम गर्ने अवसर पाउँछु।”
यस विषयमा आलोचकहरूको फरक धारणा राख्दै आइरहेका छन् । उनीहरूका अनुसार रिहाइपछि बालबालिका भेटिनु भनेको उनीहरू पहिल्यै जोखिम, हानि वा दुर्व्यवहारमा थिए भन्ने निष्कर्ष निकाल्न नमिल्ने बताएका छन् ।
सम्बन्धित प्रतिवेदनले करिब पाँच लाखको उल्लेख गरिएको संख्या सन् २०१९ देखि २०२३ बिच प्रायोजकहरूसँग जिम्मा लगाइएका आप्रवासी नाबालकहरूको सरकारी अनुमान मात्रै भएको जनाएको छ । साथै, हराएका वा मानव तस्करीमा परेका बालबालिकाको आधिकारिक गणना नभएको समेत स्पष्ट पारेको छ ।
“डिएचएस” इन्स्पेक्टर जनरलको समीक्षाले इमिग्रेशन एन्ड कस्टम्स एनफोर्समेन्ट (आइसिई) सँग रिहा गरिएका धेरै एक्ला नाबालकहरूलाई ट्र्याक गर्न भरपर्दो तथ्याङ्क नभएको बताएका छन् । सन् २०१९ देखि २०२३ बिच करिब ३२ हजारभन्दा बढी बालबालिका आप्रवासन अदालतमा उपस्थित नभएको देखाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा मामिला प्रमुख (बोर्डर जार) टम होमनसहित प्रशासनका अधिकारीहरूलाई जाँचबिनाका प्रायोजकहरूसँग रिहा भएका र हाल पत्ता नलागेका बालबालिकाहरू खोज्न आदेश दिएका छन् ।
















