ओनेस्ट रियल इस्टेटद्वारा होलिडे पार्टी तथा अवार्ड वितरण
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ओनेस्ट रियल इस्टेटले पेन्सिल्भेनियको ह्यारिसबर्गमा शुक्रवार होलिडे पार्टी सहित आफ्ना एजेन्टहरूलाई अवार्ड वितरण गरेको छ।
पेन्सिल्भेनियामा व्यवसाय शूरु गरेको आधा वर्षमा नै व्यवसायले उलेख्य प्रगति गरेको भन्दै पार्टी आयोजना गर्नुका साथै अवार्ड वितरण गरिएको ओनेस्ट रियल इस्टेटले बताएको छ।
‘हामीले ओनेस्ट रियल इस्टेट पेन्सिल्भेनियामा अप्रिलमा शुरु गरेका हौ, अहिले सम्म ३० जना एजेन्ट जोडिनु भएको छ, यो ओनेस्ट रियल इस्टेटको दश वटा स्टेटमा सबै भन्दा सबैभन्दा तीव्र वृद्धिदर हो।‘ ओनेस्ट रियल इस्टेटका संस्थापक तथा ब्रोकर अञ्जना बुढाथोकीले भनिन्न, ’हामी गौरवान्वित भएका हौ। तपाईँहरूको विश्वासको लागि धन्यवाद ।‘

कार्यक्रममा ओनेस्टका सिनियर रियल इस्टेट एजेन्ट विश्व क्षेत्रीले आपसमा चिनजानका लागि यस्ता कार्यक्रम फलदायी हुने बताए।
‘हामी एक परिवार हौ, व्यवसायका, यहाँ केही नयाँ अनुहार छौ । कति जना रिमोर्टबाट आपसमा कुरा गरिरहेका पनि होला, तर किन एक ठाउँमा भेट नहुने, व्यवसायलाई कसरी अगाडि लैजाने भनेर यो कार्यक्रम आयोजना गरेका हौ।’ क्षेत्रीले भने।

कार्यक्रममा सहभागी एजेन्ट तथा ब्रोकरहरूले ओनेस्ट रियल इस्टेट सँग जोडिँदाका प्रसङ्ग सुनाएका थिए।
कार्यक्रममा ओनेस्टका अर्का संस्थापक सुरेश सापकोटाले आफूहरू विश्वास, निष्ठा र सेवामा निर्मित एक आधुनिक, समुदायद्वारा सञ्चालित रियल इस्टेट ब्रोकरेज भएको बताए।
‘हामी हाम्रा एजेन्टहरूलाई बलियो प्रणाली, शिक्षा र पूर्ण समर्थनको साथ सशक्त बनाउँदै स्पष्टता, हेरचाह र आत्मविश्वासका साथ खरिद, बिक्री र लगानी मार्फत ग्राहकहरूलाई मार्गदर्शन गर्न समर्पित छौँ।‘ सापकोटाले भने, ‘ओनेस्ट रियल इस्टेट केवल एक लेनदेन मात्र होइन, यो दीर्घकालीन सम्बन्ध हो।‘
उनले हरेक कार्यमा इमानदारी आफूहरूको मुख्य मूल्य भएको बताए।

‘दिगो सम्बन्ध निर्माण गर्दै र हामीले सेवा गर्ने समुदायहरूलाई बलियो बनाउँदै इमानदार मार्गदर्शन, बजार विशेषज्ञता र निरन्तर समर्थन मार्फत ग्राहकहरू र एजेन्टहरूलाई सशक्त बनाउनु पर्छ।‘ सापकोटाले भने।
अवार्ड प्रदान
कार्यक्रममा पेन्सिल्भेनियामा ओनेस्ट रियल इस्टेट स्थापना पछि विभिन्न क्षेत्रमा उत्कृष्ट गर्नेहरूलाई अवार्ड प्रदान गरिएको थियो।
रुकी एजेन्ट अफ दि इयर पविता श्रेष्ठलाई प्रदान गरिएको थियो। यस्तै बेस्ट रिक्युटर तथा टिम बिल्डर अवार्ड भूपेन्द्र बराललाई प्रदान गरियो ।
बिष्णु दङ्गालाई टप प्रोडुसर र बेस्ट कम्पाइन्ट एजेन्ट गरी दुई अवार्ड प्रदान गरिएको ।
पविताले ओनेस्ट रियल इस्टेटका कारण आफूलाई काम गर्न सजिलो भएको बताइन्।

‘यो गाह्रै थियो मलाई, म आमा हो, सानो नानीको । अर्को काम पनि थियो। त्यो समयमा ओनेष्टबाट मैले ठूलो सहयोग पाए।‘ पविताले भनिन्।
भूपेन्द्रले आफूलाई विश्वास गरेकोमा धन्यवाद व्यक्त गरे। ‘ओनेस्टलाई धन्यवाद, मलाई विश्वास गरेर जो जो ओनेस्टमा आउनु भयो। हामी सबै मिलेर काम गरेका छौ। अरू अरूलाई पनि ल्याएर काम गरौँ।‘ उनले भने।

बिष्णुले अवार्ड प्रदान गरेकोमा ओनेस्ट रियल इस्टेटलाई धन्यवाद दिए। यस्तै उनले आफूलाई क्षेत्रमा लाग्न प्रेरणा दिनेलाई पनि सम्झिए।
‘यो अवार्डको लागि धन्यवाद, म धेरै भन्न चाहन्न मलाई रियल इस्टेटमा आउन प्रेरणा दिने नारायण भाइ र रियल इस्टेटमा पसिसके पछि बाटो देखाउने ताते ताते गर्ने विश्व दाईलाई सम्झन चाहन्छु।‘ बिष्णुले भने, ‘मैले यो सफलता उहाँहरूकै प्रेरणाबाट पाएको हुँ।’

यसै बीच ओनेस्ट रियल इस्टेटले न्यु जर्सी राज्यमा पनि अनुमति पाएको छ।
‘हामीले हिजो मात्र न्यु जर्सीमा अनुमति पायौ।‘ ओनेस्ट रियल इस्टेटकी संस्थापक तथा ब्रोकर अञ्जना बुढाथोकीले भनिन्।















