ह्यारिसबर्गमा ‘चौथो साना व्यवसायी नेटवर्किङ कार्यक्रम’ सम्पन्न
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ सेन्टर पेन्सिल्भेनियामा रहेका नेपाली भाषी भुटानी समुदायका व्यावसायीहरुको ‘चौथो साना व्यवसायी नेटवर्किङ कार्यक्रम’ शुक्रवार सम्पन्न भएको छ।
भूट्नीज अमेरिकन बिजनेस काउन्सिल अफ सेन्टर पेन्सिल्भेनियाद्वारा मिडिलटाउन स्थित हेरिटेज हल एण्ड गार्डेनमा आयोजित कार्यक्रममा विभिन्न व्यवसायीहरूले कार्यपत्र प्रस्तुत गरेका थिए।
प्राइम हेल्थका प्रमुख लक्ष्मी दुलालले सबै सँगै हिडौ भन्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको बताए ।
सौरभ तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा व्यवसायी एल बी सुब्बाले ‘सेन्टर पेन्सिल्भेनियामा नेपाली भाषी भुटानी समुदायका साना व्यवसायका लागि किन चाहिन्छ चेम्बर अफ कमर्श’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
यस्तै घिमिरे होम्सका प्रमुख क्रिस घिमिरेले पनि अमेरिकामा व्यवसायका बारेमा आफ्नो अनुभव साझा गरेका थिए।
यस्तै स्वातारा टाउनसिपकी नव निर्वाचित आयुक्त तथा युनाइटेड एभरेष्ट तेक्वान्दो एकेडेमीकी सञ्चालिका तथा प्रमुख प्रशिक्षक विनिता पुरी राईले टाउनसिपमा नेपाली भाषी भुटानी व्यवसायीहरूले बेहोर्दै आएका समस्याहरूका बारेमा जानकारी गराएकी थिइन्।
उनले आफूले पदभार ग्रहण पछि साना व्यवसायीको समस्या सम्बोधनका लागि पहल गर्ने बताइन।
यस्तै व्यवसायी धीरेन चुवान र गंगा खतिवडाले पनि आ आफ्नो अनुभव साझा गरेका थिए।
खतिवडाले समुदायका व्यवसायीले समयमा सही सूचना नपाउँदा कतिपय अवस्थामा समस्यामा परेको बताए।
यस्तै चुवान समुदायलाई अपग्रेट गर्नु पर्नेमा जोड दिए।
भुट्नीजन कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) अन्तर्गत ‘प्रोजेक्ट भलाकुसारी’ कार्यक्रमकी अनुसन्धान वैज्ञानिक पूजा थापाले पेन्सिल्भेनियाका नेपाली भाषी भुटानी समुदायका लागि पाँच वर्षे अनुसन्धानमूलक परियोजना ल्याएको त्यसलाई सहयोग गर्न अनुरोध गरिन्।
थापाका अनुसार समुदायका ५० वर्ष भन्दा माथिका व्यक्तिहरूको कथा सुनेर उनीहरूको मनोदशाका बारेमा अध्ययन गरिने बताइन।
‘समुदायलाई कसरी राम्रो बनाउने भनेर अनुसन्धान गरिन लागिएको हो।‘ थापाले भनिन्।
कार्यक्रममा समाज टाइम्सका प्रधान सम्पादक बिष्णु हरि घिमिरे साना व्यवसायी र सञ्चार माध्यम सँगसँगै हिँड्नु पर्ने सुझाव दिए।
रियल्यटर कृष्ण प्रधानले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।
यस्तै व्यवसायी देवीका बरालले महिला व्यवसायीलाई पनि समुदायले प्रोत्साहन गर्नु पर्ने जोड् दिएकी थिइन्।
यस्तै रियल्टर अर्पण तिवारीले व्यवसायी एकजुट हुनु पर्ने बताए। तिवारीले सबै व्यवसायीका जानकारी एकैठाँउमा पाउने गरी आफूहरूले वेवसाइडको तयारी गरिरहेको जानकारी दिए।
हेरिटेज हल एण्ड गार्डेनका संचालक प्रकाश चुवानले आफ्नो नयाँ भेनु कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए।
कार्यक्रमको पुरा भिडियो















