मोहन कार्कीको प्रसङ्ग उठाउँदै भक्कानिइन अमेरिकी संसद रशिदा तलाइब
वाशिङ्टन डी.सी./ राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालसँगै लागू गरिएको कडा आप्रवासन नीतिमाथि “पक्राउ र बेपत्ता शैलीका गिरफ्तार” गरेको आरोप गम्भीर रूपमा उब्जिएको छ।
अमेरिकी संसद प्रमिला जयपालद्वारा बिहीबार वाशिंगटन डीसी आयोजित सार्वजनिक सुनुवाइ–कार्यक्रम “अपहरण र बेपत्ता: ट्रम्पको हिरासत दुर्व्यवहार” मा अनुसन्धानकर्ताहरू, सांसदहरू र पीडित परिवारहरूले अमेरिकी नागरिकदेखि कानुनी बासिन्दासम्मलाई मनोमानी रूपमा पक्राउ गरी परिवारबाट बेपत्ता पारिएको घटनाहरू सार्वजनिक गरे।
युट्युबमा समेत सार्वजनिक करिब दुई घण्टाको भिडियोमा वक्ताहरूले केही महिनाभित्रै १७० भन्दा बढी व्यक्तिलाई बिना–स्पष्टीकरण, बिना–अभियोग, परिवार वा वकिलसँग सम्पर्क हुन नदिईकन ‘बेपत्ता गरिएको दाबी गरिएको छ।
तीमध्ये करिब २० बालबालिका थिए, जसमा क्यान्सर उपचाररत बालक समेत छन्।
कार्यक्रममा बोल्दै मिशिगन राज्य सांसद रशिदा तलाइब ट्रम्प प्रशासनको कार्यशैलीलाई “अमानवीय, संविधानविरुद्ध र खतरनाक” भन्दै कडा शब्दमा आलोचना गरिन्।
आफ्नो मन्तव्य दिने क्रममा जब रशिदा आइस हिरासतमा रहेका नेपाली भाषी भुटानी मोहन कार्कीकी श्रीमती टिका बस्नेत र उनकी पाँच महिनाकी छोरीको तस्बिर अगाडि ल्याइन उनी भावुक हुँदै “त्यो घटना सम्झिँदा मेरो स्वर नै टुट्छ” भनिन्।
कार्कीलाई आइसले अप्रत्याशित रूपमा गिरफ्तार गरी परिवारदेखि महिनौँसम्म सम्पर्कविहीन राखेको घटना चर्चित बनेको थियो।
देश निकालाको तयारी गरिएको कार्कीलाई व्यापक दबाब पछि बुधवार मात्र अदालतमा उपस्थित गराइएको थियो। यो समाचार तयार पार्दा सम्म अदालतको फैसला आउन बाँकी छ।
कार्कीकी श्रीमती टिका बस्नेतका अनुसार अरूको सम्पत्तिमा हिँडेको आरोपमा पुलिस बोलाइएको पुरानो घटनाका कारण उनी श्रीमान् पक्राउ परेका हुन्।
रशिदाले कार्कीको बारेमा बोल्दा स्वर रोकिँदै भनिन्, “मोहन कार्कीको केसले मलाई भाँचिदियो। एक युवा बाबु, पाँच महिनाको बच्चा, र परिवारलाई केही नबताई उनलाई गायब पारियो। यो अमानवीयता हो—अमेरिकाको मूल्य विपरीत व्यवहार हो।”
“यो उनकी छोरी हो। मोहन एक नेपाली भाषी भुटानी शरणार्थी हुन् जो एक जातीय अल्पसङ्ख्यकको हिस्सा हुन् जसलाई भूटानी बसोबास कार्यक्रम अन्तर्गत संयुक्त राज्य अमेरिकामा पुनर्वास गरिएको थियो। उनी शरणार्थी शिविरमा जन्मिएका थिए । यो एक शरणार्थीकी छोरी हो।‘ एकै श्वासमा रशिदाले मोहनको बारेमा हललाई विस्तार गरेकी छिन्।
‘उनको परिवारलाई निष्कासन गरिएपछि, तपाईँलाई थाहा छ, भुटानमा उनीहरूको जातीयताको कारणले गर्दा, र उनलाई कतैबाट पनि नागरिकको रूपमा मान्यता दिइएको छैन र उनीहरू उनलाई त्यहाँ पठाउन चाहन्छन्।‘ रशिदाले अगाडि भनेकी छिन्, ‘हामीलाई थाहा छैन त्यहाँ उनलाई के हुने हो।‘
‘के उसले आफ्नी छोरीलाई विमानमा चढाउनु अघि कम्तिमा पनि काखमा लिन सक्छ ?’ संसद रशिदाले प्रश्न समेत गरेकी छिन्।
‘यो हाम्रो पैसा, हाम्रो कर, हाम्रो पैसा बिना कुनै निरीक्षणको साथ भइरहेको छ। धेरै मानिसहरू मध्ये एक हुन् जसका आफ्ना प्रियजनहरू त्यहाँ छन्। तिनीहरू तिनीहरूलाई छुन सक्दैनन्।‘ रशिदाले भनेकी छिन्।
रशिदाले मोहनको अंग्रेजी भाषा राम्रो नभएको र अनुवादक माग्दा अधिकारीहरू रिसाएको बताएकी छिन्।
युट्युबमा सार्वजनिक भिडियोमा जयपालको भनाइ पछि कार्यक्रम हल केही क्षण मौनता छाएको देखिन्छ।
कार्यक्रमको पुरा भिडियो
र यो पनि …
मोहन कार्कीलाई अदालतमा उपस्थित गराइयो दुवै पक्षका वकिलको बहस सकियो
मोहन कार्कीलाई अदालतमा उपस्थित गराउन आदेश
अमेरिकाको ओहायो निवासी नेपाली भाषी भुटानी मोहन कार्की डिपोर्टेशनको जोखिममा
(नोट यस अगाडि अमेरिकी संसद रशिदा तलाइब हुनु पर्नेमा प्रमिला जयपाल भएकोमा सच्याइएको छ। सं)
















