अमेरिकामा काम गर्ने विदेशीहरूको कागजात कडाइ, वर्क परमिटको अवधि घटाइयो
|
Getting your Trinity Audio player ready...
|
वाशिङ्टन / अमेरिकी नागरिकता तथा आप्रवासन सेवा ( युएससीआइएस) ले अमेरिकामा काम गर्ने विदेशीहरू को अपोइन्टमेन्ट अथुराइजेशन डकुमेन्ट (इएडी) को (जसलाई बुझ्ने भाषामा वर्क परमिट पनि भनिन्छ।) अधिकतम वैधता अवधि घटाउने नीति लागू गरेको छ।
युइससीआइएसको नीति पुस्तिकामा गरिएको नयाँ अद्यावधिकपछि, धेरै श्रेणीका विदेशी कामदारहरूले अब पहिलेभन्दा धेरै छोटो अवधिको इएडी प्राप्त गर्नेछन्।
युएससीआइएसका अनुसार, वैध अवधि घटाउनुको मुख्य उद्देश्य बारम्बार जाँच गर्न सकियोस् भन्ने रहेको जनाइएको छ।
अधिकारीहरुले यस्तो कार्यले आप्रवासन ठगी, फर्जी विवरण, तथा सम्भावित सुरक्षा जोखिम पहिचान गर्न मद्दत गर्नेछ।
युएससीआइएसका निर्देशक जोसेफ एड्लोले जारी गरेको वक्तव्यमा अनुसार काम गर्ने अनुमति खोज्ने व्यक्तिले अमेरिकी जनसुरक्षामा खतरा नपुर्याओस् भनेर नियमित जाँच जरुरी छ। ‘राजधानी वाशिङ्टनमा नेश्नल गार्ड सदस्यहरूमाथि विदेशी नागरिकद्वारा भएको आक्रमणले देखाएको छ कि कडा जाँच अपरिहार्य छ।‘ निर्देशक जोसेफको भनाइ उद्धृत गर्दै युएससीआइएसले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अब शरणार्थी, एशलाइम मागेकाहरूका लागि अब पाँच वर्षबाट झारेर १८ महिनामा ल्याइएको छ।
देश निकालाको निलम्बन, निष्कासनको रद्द भएकाहरूका लागि पनि इएडी अब १८ महिनाको हुने छ।
यो नीति डिसेम्बर पाँच तारिख शुक्रवार देखि लागु हुने जनाइएको छ। टिपीएसमा रहेकाहरूलाई पनि यो नीतिले प्रभाव पार्ने छ।
अब विदेश कामदारहरूले बारम्बार इएडी नवीकरण गर्नुपर्नेछ। युएससीआइएसले प्रत्येक नवीकरणमा सुरक्षा जाँच, पृष्ठभूमि जाँच, विचारधारा जाँच गर्न सक्ने जनाइएको छ।
युएससीआइएसका अनुसार, यसले “सार्वजनिक सुरक्षा” र “राष्ट्रिय सुरक्षा जोखिम” लाई कम गर्ने दाबी छ।
तर आप्रवासी तथा शरणार्थी समुदायका लागि यो बढी झन्झटिलो र खर्चिलो प्रक्रिया बन्ने देखिन्छ।












