सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ । आज (बुधवार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।
मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगबार ३५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर ३६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।








