उत्तरी अमेरिकामा तापक्रम घट्दै, केही क्षेत्रमा हिमपात र बरफको सम्भावना
कारलय,पेन्सिलभेनिया / उत्तरी अमेरिकाको सबै राज्यभर यस साता तापक्रम घट्ने क्रम जारी छ ।
मङ्गलवार भएको भारी हिमपातका कारण उत्तरी अमेरिकाको सबै राज्यमा तापक्रम घट्दो छ ।
राष्ट्रिय मौसम विभाग स्टेट कलेजका अनुसार बुधवार रातिको तापक्रम २३ डिग्री फरेनहाइट रहेको छ । त्यस्तै पूर्वानुमानअनुसार बिहीबार दिनको उच्चतम तापक्रम ३८ डिग्री फरेनहाइट रहने छ ।
बिहीबार रातिको न्यूनतम तापक्रम १४ डिग्री फरेनहाइटसम्म घट्नेछ । शुक्रवार केही राज्यहरु वर्षाका साथै हिमपात हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ।
चिसो हावाका कारण न्युयाेर्क, न्यु जर्सी, पेन्सिलभेनिया लगायतका राज्यहरुमा बरफ जम्ने सम्भावना रहेको छ ।








