टी-२० विश्व कपको खेल तालिका सार्वजनिक, नेपालका सबै खेल मुम्बईमा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले मंगलवार टी-२० विश्व कपको खेल तालिका सार्वजनिक गरेको छ।
जस अन्तर्गत नेपाल समूह सीमा परेको छ र नेपालका समूह चरणका सबै खेल भारतको मुम्बईमा हुने छ। समूह सीमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।
सन् २०२६ मा हुने टी-२० विश्वकप भारत र श्रीलङ्काले संयुक्त रुपमा आयोजना गर्दै छन्। नेपालले समूहको पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ तारिख खेल्ने छ।
विश्वकपमा नेपालले दोस्रो खेल इटाली सँग फेब्रुअरी १२, तेस्रो खेल वेस्ट इन्डिज सँग फेब्रुअरी १५ र चौथो खेल बंगलादेश सँग फेब्रुअरी १७ मा खेल्ने छ।
विश्व कपको पहिलो खेल फेब्रुअरी ७ तारिख मुम्बईको वानखेडे रंगशालामा आयोजक भारत र अमेरिका बीच हुने छ।
२० टोलीलाई ५–५ को चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन्।
विश्व कपको फाइनल अहमदवादको नरेन्द्र मोदी स्टेडियममा मार्च ८ तारिख हुने छ।
समूह विभाजन
• समूह ए : भारत, अमेरिका, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान
• समूह बी : अष्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे, आयरल्यान्ड, ओमान
• समूह सी : इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली, नेपाल
• समूह डी : दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, अफगानिस्तान, क्यानडा, युएई















