युफोरिया ब्यान्डका संस्थापक रत्न गुरुङ ह्यारिसबर्गमा सम्मानित
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ भुटानी शरणार्थी शिविरमा साङ्गीतिक समूह युफोरिया ब्यान्डका संस्थापक रत्न गुरुङ पेन्सिल्भेनियाको ह्यारिसबर्गमा सम्मानित भएका छन्
साहित्य परिषद् भुटानको ११ औ सम्मेलनमा नोभेम्बर ८ तारिख गुरुङलाई सम्मान गरिएको हो।
‘नव प्रतिभाहरूको खोजी गर्ने संगीतको ज्ञान अभिवृद्धि गर्ने तथा साङ्गीतिक भविष्यका लागि जग बसाउने क्रममा तपाईँले निर्वाह गर्नुभएको भूमिका, मार्गदर्शन र नेतृत्व भुटानी समाजका लागि अनुकूलनीय छ।‘ गुरुङलाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छ।
सम्मान पछि गुरुङले भाषालाई जोगाएर राख्नु ठूलो कुरा भएको बताए।
‘आफू त्यो ठाउँमा हुन सही थियो थिएन भन्ने कुरोहरू म हजुरहरूलाई नै जिम्मा दिन चाहन्छु र जति पनि यहाँ उपस्थित आज साहित्यलाई मन पराएर यहाँ जति पनि भेला हुनुभएको छ सबैलाई धन्यवाद म भन्न चाहन्छु।‘ गुरुङले भने, ‘र अति खुशी लागेको छ यो साहित्य जुन चाहिँ हाम्रो भाषा साहित्यहरूलाई जोगाएर हजुरहरू यहाँ सम्म लागि राख्नुभएको छ मिठो मिठो कुराहरूलाई सिर्जना गर्दै अघि बढिराख्नु भएको छ आफ्नो पहिचानलाई जोगाइदिइराख्नु भएको छ यही नै ठूलो कुरो हो।‘
‘हामी सबै मिलेर गर्नुपर्ने हुन्छ। जसरी हाम्रो भाषा साहित्यहरू कोही निमित्त हामी भुटानमा पनि हामीले त्यही कुरोहरूलाई हामीले नपाउँदा खेरि हाम्रो विभिन्न समस्याहरूको उत्पत्ति भएको थियो। र हामी यसलाई बिर्सनु हुँदैन। यो जसरी साहित्य नै एउटा जातिको ऐना हो।‘ गुरुङले भने।
उनले आफूलाई समाजमा अझै काम गर्न ऊर्जा मिलेको बताए।‘यो जातिको ऐना यसमा लुकेको हुन्छ भने झैँ र हामीले यसलाई जागिर नगरेर अघि बढ्नु पर्ने हुन्छ र हजुरहरूले आज जति समान सोचेर गरिदिनु भएको छ धेरै धन्यवाद यसले आजै मलाई जाँगर जोश आउने छ समाजमा केही गर्न को निमित्त भन्दै धेरै धेरै धन्यवाद फेरी म भन्न चाहन्छु जति पनि यहाँ उपस्थित बुद्धिजीवी हुनुहुन्छ धेरै धेरै धन्यवाद भन्न चाहन्छु।‘
रत्न गुरुङलाई प्रदान गरिएको सम्मान पत्रको पूर्ण पाठ
श्री रत्न गुरुङ ज्यू प्रति
भुटान बाट निर्वासित भएर नेपाल स्थित शरणार्थी शिविरमा बसोबास गर्ने प्रारम्भिक अवस्थामा युफोरिया ब्यान्ड जस्तो साङ्गीतिक समूह निर्माण गरी नव प्रतिभाहरूको खोजी गर्ने संगीतको ज्ञान अभिवृद्धि गर्ने तथा साङ्गीतिक भविष्यका लागि जग बसाउने क्रममा तपाईँले निर्वाह गर्नुभएको भूमिका, मार्गदर्शन र नेतृत्व भुटानी समाजका लागि अनुकूलनीय छ।
परम्परागत लोक संगीत र आधुनिक पप संगीत बीचको सन्तुलन खोज्दै रक संगीतको अभ्यास र अभियानमा नेपाली सङ्गीतमा नयाँ स्वार्थ थप्ने कार्यमा तपाईँको योगदान उल्लेखनीय छ।
संगीत कला र समुदाय प्रतिको समर्पण, सृजनाशीलता र सेवा भावका साथै सामाजिक पहिचान र मूल्य कायम राख्न तपाईँले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै साहित्य परिषद् भुटान यस कदर पत्रबाट सम्मान गर्दछ। धन्यवाद।
खेम रिजाल
सचिव सायद साहित्य परिषद् भुटान
सर्वज्ञ वाग्ले
प्रमुख अतिथि अध्यक्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
गङ्गाराम लामिछाने
अध्यक्ष साहित्य परिषद् भुटान
नोभेम्बर ८ २०२५ धन्यवाद
र यो पनि …
ह्यारिसबर्गमा यस कारण गरियो विश्व क्षेत्रीको सम्मान
पूर्व शिक्षक, खेलाडी एवं सङ्गीतकर्मी अमल थुलुङ ह्यारिसबर्गमा सम्मानित















