मेरिल्याण्डमा एस के एण्ड डी रियल्टी ग्रुपको ग्राण्ड ओपनिङ, जनप्रतिनिधिहरूले दिए बधाई
नोटिङ्घम, मेरिल्याण्ड/ अमेरिकाको मेरिल्याण्डमा एस के एण्ड डी रियल्टी ग्रुपको ग्राण्ड ओपनिङ गरिएको छ।
नोटिङ्घममा आयोजित विषेश कार्यक्रममा शुक्रवार ग्रुपको ग्राण्ड ओपनिङ गरिएको हो।
बाल्टिमोर काउन्टीका काउन्सिलम्यान डेभिड मार्क्स र एस के एण्ड डी रियल्टी ग्रुपका ब्रोकर/ सिइयो कुल आचार्यले संयुक्त रुपमा रिबन काटी ग्रुपको ग्राण्ड ओपनिङ गरेका थिए।
सिइओ आचार्यका अनुसार ग्रुपले घरजग्गा खरिद बिक्री लगायतका काम गर्ने छ।
‘खास गरिकन एस के एण्ड डी ग्रुप भनेर हामीले तीनवटा कम्पनीहरूलाई एउटा ग्रुप भित्र ल्याउन खोजेका हौ। मैले एस के एन्ड डी कन्ट्रक्टिङ भनेर विगत लगभग २० वर्ष देखि काम गरिराखेको छु।‘ आचार्यले भने ‘एस के एन्ड डी सर्भिसेज भनेर इन्जिनियरिङ डिजाइन सर्भिसहरूको पनि काम गरिराखेको छु भने अहिले भर्खरै मात्र एउटा नयाँ यो घर किनबेचको लागि एस के एण्ड डी रियल्टी भनेर नयाँ कम्पनी सुरु गरे र यो तिनै वटा सर्भिसलाई एकै ठाउँमा ल्याएर एउटै रुख मुनि राखौँ भनेर यसलाई एस के एण्ड डी ग्रुप भनेर चाहिँ सुरु गरेको हो ।‘
उनका अनुसार ग्रुपले धेरै प्रकारका सुविधा दिन्छ।
‘हामी के गर्छौँ भने अब कुनै घरको कुनै बिजनेसको इन्जिनियरिङ डिजाइन देखि लिएर पर्मिट लिइदिने काम देखि त्यो पास गर्ने, त्यो लाइसेन्स लिने काम गर्छौ । कन्स्ट्रक्सन तिर गयौ भने हामी रियल कन्स्ट्रक्सन गर्छौ।‘ आचार्यले भने,’घर बनाउने हो कि अथवा त्यो बिजनेस छ । हैन त्यो रेस्टुरेन्ट छ भने पनि त्यो बनाउने काम गर्छौ ।‘
उनले रियल्टी नयाँ कम्पनी भएको र यसले घर किनबेच गर्ने जानकारी दिए।
नेपाली समुदायले कस्तो घर खोज्छ भन्ने हामीलाई पहिल्यै नै थाहा हुन्छ : कुल आचार्य
ग्रुपको ग्राण्ड ओपनिङमा बाल्टिमोरका विभिन्न जनप्रतिनिधिले शुभ कामना तथा बधाई दिएका थिए। उनीहरुले आ आफ्नो कार्यालयको तर्फबाट ग्रुपका सिइयो आचार्यलाई साइटेशन समेत दिएका थिए।
डेलिगेट डा. ह्यारि भण्डारीले एक जना नेपालीले गरेको प्रगतिमा अर्को नेपालीले हरहमेसा जस्तोसुकै अवस्थामा पनि सपोर्ट गर्नु पर्नु पर्ने बताए।
‘त्यो हाम्रो कमिटमेन्ट पनि हुनुपर्छ।‘ भण्डारीले भने, ‘किनभने एक जना अगाडि बढ्दै गर्दा अर्को पनि बिस्तारै अगाडि बढ्ने हो।‘
बाल्टिमोर स्टेट सिनेटर कार्ल ज्याक्सनले आफ्नो क्षेत्रमा नयाँ व्यवसाय शुरु भएकोमा उत्साहित भएको बताए।
‘नयाँ व्यवसायलाई हाम्रो क्षेत्रमा स्वागत गर्न पाउँदा धेरै उत्साहित छौँ।‘ कार्लले भने, ’हामी तपाईँलाई थाहा दिन चाहन्छौँ कि हामी तपाईँलाई समर्थन गर्छौँ र तपाईँलाई आवश्यक पर्ने सबै कुरा, तपाईँसँग मेरो नम्बर छ, तपाईँसँग प्रतिनिधि नम्बर छ।‘
‘हामी हाम्रा साना व्यवसाय मालिकहरूलाई समर्थन गर्छौँ र तपाईँलाई सफल हुन मद्दत गर्न हामीले गर्न सक्ने जे पनि गर्छौँ, हामी यहाँ छौँ र त्यो गर्न चाहन्छौँ।‘ कार्लले भने।
यस्तै बाल्टिमोर काउन्टीका काउन्सिलम्यान डेभिड मार्क्सले उत्तर पूर्वी बाल्टिमोर काउन्टीमा साना व्यवसाय शुरु हुनु सधैँ सम्मानको कुरा भएको बताए।
‘नेपाली समुदायलाई सधैँ स्वागत गर्नु विशेष सम्मानको कुरा हो। मलाई सधैँ घर जस्तो महसुस गराउनु भएकोमा धेरै धेरै धन्यवाद।‘ काउन्सिल म्यान डेभिडले भने, आवासीय, व्यावसायिक, र सार्वजनिक निर्माण परियोजनाहरूमा तपाईँका विशेषज्ञहरूले सञ्चालनलाई सुव्यवस्थित गर्नेदेखि इन्जिनियरिङ योजनाहरू, अनुमतिहरू, र इजाजत पत्र मार्गदर्शनसम्म व्यापार समर्थन र परामर्श प्रदान गर्छन्।‘
कार्यक्रममा बाल्टिमोर काउन्टी कार्यकारी क्याथी क्लाउमियरकी प्रतिनिधि यानाले काउन्टी कार्यकारी क्याथीको सन्देश सुनाएकी थिइन्।
‘बाल्टिमोर काउन्टी काउन्टीमा आप्रवासीको आफ्नै व्यवसाय हुनु हाम्रो लागि धेरै सम्मानजनक कुरा हो। त्यसैले, तपाईँको लगानीको लागि धन्यवाद। म विश्वास गर्छु कि एक आप्रवासीको रूपमा म अर्को आप्रवासी बाल्टिमोर काउन्टीमा आइपुगेको देख्न पाउँदा सधैँ खुसी हुन्छु।‘ काउन्टी कार्यकारी क्याथीको सन्देशमा भनिएको थियो।
ग्राण्ड ओपनिङ कार्यक्रममा बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) का ट्रस्टी अध्यक्ष प्रभु थापा, बाना अध्यक्ष जीतेन गुरुङ, बानाका पूर्व अध्यक्ष सुबोध विलास पन्त, नेपाली अमेरिकी सांस्कृतिक केन्द्र बाल्टिमोर (एनएसीसी) हिन्दु बुद्ध मन्दिरका सचिव तरुण पौडेल लगायतको उपस्थिति रहेको थियो।
ग्रुपले मेरिल्याण्ड, पेन्सिल्भेनिया र वासिङ्गटन डीसी क्षेत्रमा सेवा दिने जनाइएको छ।















