नेपाली समुदायले कस्तो घर खोज्छ भन्ने हामीलाई पहिल्यै नै थाहा हुन्छ : कुल आचार्य
मेरिल्याण्ड/ अमेरिकाको मेरिल्याण्ड राज्यमा दुई दशक देखि व्यवसाय गर्दै आएका इन्जिनियर कुलमणि आचार्यले एस के एण्ड डी रियल्टी ग्रुप शुरु गरेका छन्।
आचार्य नेपालमा चितवन निवासी हुन्। उनी एस के एण्ड डी रियल्टी ग्रुपको बोर्कर तथा सिइओ हुन्।
नोभेम्बर ७ तारिख मेरिल्याण्डको नोटिङ्घम ग्रुपको ग्राण्ड ओपनिङ गरिएको छ।
घर जग्गा खरिद विक्रि, इन्जिनियरिङ डिजाइन, पर्मिट दिने तथा कन्स्ट्रक्सन समेत गर्ने लक्ष्य ग्रुपले लिएको छ।
ग्रुपबाट नेपाली समुदायले के कति र कसरी सुविधा पाउछ भन्ने बारेमा आचार्य सँग समाज टाइम्सले गरेको कुराकानी ।
एस के एन्ड डी ग्रुप के हो र यो कस्तो व्यवसाय हो यो?
हजुर खास गरिकन एस के एण्ड डी ग्रुप भनेर हामीले तीनवटा कम्पनीहरुलाई एउटा ग्रुप भित्र ल्याउन खोजेका हौ। मैले एस के एन्ड डी कन्ट्रक्टिङ भनेर विगत लगभग २० वर्ष देखि काम गरिराखेको छु।
एस के एन्ड डी सर्भिसेज भनेर इन्जिनियरिङ डिजाइन सर्भिसहरुको पनि काम गरिराखेको छु भने अहिले भर्खरै मात्र एउटा नयाँ यो घर किनबेचको लागि एस के एण्ड डी रियलिटी भनेर नयाँ कम्पनी सुरु गरे र यो तिनै वटा सर्भिसलाई एकै ठाउँमा ल्याएर एउटै रुख मुनि राखौं भनेर यसलाई एस के एण्ड डी ग्रुप भनेर चाहिँ सुरु गरेको हो ।
अब यो ग्रुपले दिने सुविधा के के हुन् ?
हजुर सुविधा भन्दा मुख्य कुरा अब एस के एन्ड डी सर्भिसेसले हामी के गर्छौं भने अब कुनै घरको कुनै बिजनेसको इन्जिनियरिङ डिजाइन देखि लिएर पर्मिट लिइदिने काम देखि त्यो पास गर्ने, त्यो लाइसेन्स लिने काम गर्छौ ।
कन्स्ट्रक्सन तिर गयौ भने हामी रियल कन्स्ट्रक्सन गर्छौ।
घर बनाउने हो कि अथवा त्यो बिजनेस छ । हैन त्यो रेस्टुरेन्ट छ भने पनि त्यो बनाउने काम गर्छौ ।
रियल्टी मार्फत चाही एस के एण्ड डी रियल्टी यो जुन नयाँ कम्पनी हो रियल्टी मार्फत हाम्रो घर किनबेच गर्ने काम गर्छौ ।
भनेको घर जग्गा को कारोबार ?
हजुर एब्सलुटली
भनेको तपाईहरुले जमिनको पनि गर्ने हुनुभयो
हजुर हो, त्यो पनि हामीले गरिराखेका पनि थियौ पहिला पनि र अब पनि यसैमा हामी निरन्तर गर्छौं।
एउटा घरजग्गा भन्नाले हामी जग्गा किनेर त्यो जमिनलाई विकास गर्ने काम देखि लिएर भइराखेको घरको किनबेचको काम गर्छौं हामी।
तपाईंको ग्राहक भनौं न सेवाग्राही नेपाली नेपाली भाषी मात्र हुन् कि अरु पनि हुन् ?
हजुर अहिले सम्मको अनुभवले चाहिँ यहाँ के देखाउँछ भने धेरै जसो नेपाली भाषीहरुको बाहुल्यता छ। लगभग ६०% जति नेपाली भाषी हुनुहुन्छ। त्यसपछिको चाहिँ अनि दक्षिण एसियनहरु, इन्डिया, पाकिस्तान, बंगलादेश देखि लिएर आफ्रिकन अमेरिकन सबै खालमा समुदायका छन्। तर हाम्रो उद्देश्य अब के हो भने हाम्रो कम्युनिटी मात्र भन्नु भन्दा पनि यहाँ रहेका सबै समुदायलाई हामी सेवा गर्न सक्छौं र हामी त्यो क्षमता राख्छौं भनेर हामीले यो सुरु गरेका छौं।
समुदायका मान्छे भनौं न ग्राहक तपाईंहरुको मा नै किन आउने ? रियलिटी त धेरै छन्।
अब यसको लागि म एउटा कुरा अब के भन्न चाहे भने पहिलो कुरा त हामीलाई के अनुभव हुँदो रहेछ भने हाम्रो समुदायको आवश्यकता के हो? हामीले के खोज्छौ भन्ने कुरा त्यो अर्को समुदायको मान्छेले त्यो बुझेको हुँदैन।
हाम्रो आवश्यकता नै पनि यसकारणले गर्दा म के चाहिँ भन्न सक्छु भने नेपाली भएको नाताले चाहिँ नेपाली समुदायले यस्तो घर खोज्छ भन्ने कुरा पहिले नै थाहा हुन्छ भने यो बाहेक अब मेरो आफ्नै व्यवसाय हिसाबले हेर्नुभयो भने म सिभिल इन्जिनियर पृष्ठभूमिको ।
मैले इन्जिनियरिङ काम पनि गरिराख्या छु, कन्स्ट्रक्सन पनि गरिराख्या छु भन्ने बित्तिकै एउटा फाइदा के हो भने त्यो मेरो फाइदा अब म रियल्टर मात्रै होइन एउटा घर भन्ने बित्तिकै अब यो घरको संरचनात्मक, समस्याहरु छ कि छैन भन्ने कुरा मैले एक पटक हेर्ने बित्तिकै त्यो लगभग थाहा हुन्छ।
भनेपछि हाम्रो शक्ति के हो भने तपाईंले रियल्टर मात्रै एउटा कारोबार गर्नको मात्रै आउँदै हुनुहुन्न हामी कहाँ आउनु भयो भने एउटा ट्रान्जेक्सन मात्रै होइन होलमै पनि यो घरको कस्तो छ त? कतिको यो बलियो छ, कतिको राम्रो छ, कति वर्थ इट छ भन्ने कुरा समेतको चाहिँ एउटा एडिसनल यो बेनिफिट हुन्छ।
यसकारणले गर्दा हाम्रो ग्राहकको लागि चाहिँ त्यो एउटा ठूलो बेनिफिट हो जस्तो लाग्छ।
अहिले महंगी बढेको छ । गोसरीको भाउ पनि आकाश छुएको छ । बेरोजगारी दर पनि अलिकति बढेको हो अमेरिकामा भनेर आइरहेको छ। ब्याज बढेको छ। अब यस्तो अवस्थामा घरजग्गाको भनौं न यो रियलिटीको करोबार कस्तो छ?
यो ओभर अल भन्नु पर्दा अहिले के भा छ भने यो विगत एक वर्ष देखि अलिकति स्लो भाथ्यो। अलिकति स्लो। खास के कारणले स्लो भन्दा हाम्रो इन्ट्रेस्ट रेट पनि हाइ र घरको मूल्य पनि हाइ हुँदा अफोर्ड गर्ने मान्छे हरु अलि कम हुनुहुन्थ्यो।
किन्ने मान्छेहरु अलि कम भएको हुनाले हाम्रो ट्रान्ज्याक्सन चाहिँ अलि कम भाको थियो। अब तर घरको प्राइस चाहिँ फेरी कम भइराखेको छैन यस्तो हुँदा पनि।
अब तर के भइराख्यो भने अलि समय चाहिँ सबै मान्छेहरुले होल्ड गर्छ नि त। अब के हुन्छ हैन यो घरको प्राइस अलि कम हुन्छ कि? अथवा व्याज दर अलि कम हुन्छ कि भनेर पनि होल्ड गरिराख्नु भाथ्यो भने अब चाही ए होइन रैछ अब यो कम्पनी हुने के रे हुने रैन्छ भन्ने खालको एउटा विश्वास ले गर्दा खेरि अब फेरी किन्न सुरु भाको छ।
र जति नै महँगो भए पनि अर्को इम्पोर्टेन्ट कुरा चाही फेरी के हो भने हामीलाई बस्न को लागि त घर चाहियो चाहियो हैन हाम्रो फ्यामिली बढ्दै जान्छ मान्छे बढ्दै जान्छ घर चाहियो अनि गएर यो नामै रियल स्टेट छ हेर्नुस त रियल स्टेट को लगानी भनेको युजुअली फेरी अरुको लगानी जस्तो अब त्यो हराएर जाने हुदैन । २० को १९ होला यिनै कुरामा यसकारणले गर्दा खेरि त्यो रियल स्टेटको मार्केट चाहिँ अलवेज स्ट्रोंग नै हुन्छ भन्ने लाग्छ मलाई चाहिँ।
अब तपाईले एउटा सुझाव दिनुहोस् जसले जो पहिलो पटक घर किन्न तयारी गर्नुभएको छ, एक दुई तीन भनेर एकदमै चनाखो हुनुपर्ने र तयारी गर्नुपर्ने कुराहरु के के हुन्छ?
हजुर धन्यवाद । यो साह्रै महत्वपूर्ण प्रश्न पनि हो। यहाँ धेरै जना आउनुहुन्छ पहिलो पटक घर किन्न (फर्स्ट टाइम होम बायर) ल घर किन्नु पर्यो भनेर अनि उहाँहरु योग्ग नै नै हुनुहुन्न तत्काल।
त्यसकारणले गर्दा अब तपाईले एक दुई तीन भन्नुभयो म सरर भन्छु।
पहिलो कुरा चाहिँ के हो भने तपाई घर किन्ने सोचमा हुनुहुन्छ भने आफूलाई तयारी गर्नुस् । तयारी गर्नुको मतलब के हो भने कम्तिमा पनि पछिल्लो दुई वर्षको आम्दानी हेर्छ। तपाईंको कमाई कति छ? तपाईंको क्रेडिटको इतिहास कस्तो छ? यी कुराहरुको लागि तपाईंले तयारी गर्नुपर्छ।
सामान्य तय दुई वर्ष। कहिलेकाहिँ विषेश अवस्थामा जागिर शुरु हुना साथ पनि हुन्छ। हो त्यसलाई विचार गर्नु पर्यो।
दुई नम्बरको भनेको एउटा महत्वपूर्ण कुरा के हो भने आफूले कति लगानी गर्न सकिन्छ? र कुन समुदायमा र कुन साइजको घर किन्दा त्यो तपाईंलाई राम्रो हुन्छ? भनेर एउटा सही सल्लाह त्यो लिनुस् भन्छु म।
एउटा हो, त्यो कुरा पनि महत्वपूर्ण हो। र तेस्रो र एकदमै महत्वपूर्ण भनेको तपाईंको आवश्यकता चाहिँ खास के हो त?
कहिलेकाहिँ यहाँ के सोच्नुहुन्छ भने मेरो घर सानो छ, अलि ठूलो लिउँ भन्ने कुरा अथवा पाँच वटा कोठा भएको लिन्छु वा छ वटा कोठा भएको लिन्छु। त्यो होइन। तपाईंको आवश्यकता र यो दैनीक जीवनको त्यो के चाहिएको छ? तपाईंको आवश्यकता के हो? त्यो अनुसार नै अनि बजार बुझ्नु होस र किन्नुस् भन्छु।
यस्तो भयो भने यो तपाईं आफूलाई आर्थिक बोझ र तनाव पनि बढ्ने हुँदैन र प्लस तपाईंको जीवन पनि सहज हुन्छ, खुसी हुनुहुन्छ।
अब एक पटक घर किनिसकेका मान्छे जसले अघि पनि तपाईले कुरा गर्नुभयो, पहिला किनेको घर अलि सानो भयो अथवा पाइप परेन अथवा स्कुल डिस्ट्रिक्ट फरक भयो, त्यस्ता मान्छेलाई के सुझाव हुन्छ तपाईहरुको?
उहाँहरुको लागि म के भन्छु भने सदैव घर किन्नको लागि आफु बस्ने घर किन्नको लागि सदैव सही समय हो भन्छु। कतिपय मान्छेले भन्नुहुन्छ यहाँ भाउ बढेको छ यो सही समय होइन कि भनेर भन्नुहुन्छ। त्यो सही होइन किनभने तपाईले आफ्नो घर किन्नको लागि सदैव सही समय हुन्छ।
र विषेश हेर्नु पर्ने कुरा के हो भने अघिल्लो घरमा अब के कमजोरी थियो त तपाईको? आफुलाई त्यहाँ के कुराले असजिलो बनाएको थियो भन्ने कुरा नै हेर्नु पर्छ। समुदायको हिसाबमा कत्तिको सुरक्षित छ, कहाँ छ? अब हैन त्यो सही मान्छेको सल्लाह त्यो लिनु पर्छ। कहिलेकाहिँ यहाँ के चलन छ भने हामीलाई नि यो थाहा छ नि त यो घर किन्ने कुरा भनेर जुन भनिन्छ कसै कसैले किन्नु हुन्छ। तर त्यति हुँदाहुँदै पनि अब जस्तो मेरो यो क्षेत्र हो भने मलाई अरु फिल्डको यो थाहा हुँदैन।
मलाई पत्रकारिताको बारेमा मिडियाको बारेमा, मलाई थाहा हुँदैन। यो तपाईंलाई जति। भनेको जस्तै गरेर यो रियल स्टेटको बारेमा, कन्स्ट्रक्सनको बारेमा चाहिँ कम्तिमा हामीसँग सल्लाह लिनुभयो भने त्यहाँ धेरै कुरा गर्न सक्छौ।
मलाई के लाग्छ भने मेरो अहिले सम्मको अनुभवले भनौं न करिब करिब अमेरिकामा आएर पनि यो २० वर्षको अनुभवले के देखायो भने रियल स्टेट अनि कन्स्ट्रक्सन र इन्जिनियरिङ डिजाइन यो परमिटहरु भनेको एक आपसमा त्यो जोडिने विषय रहेछन् र यो सबै कुराहरुको अनुभवले गर्दा यो सबै सर्भिसहरु एउटै रुपबाट हामीले दिन सक्यौं भने हाम्रो ग्राहकहरुको लागि चाहिँ एक खालको सजिलो हुन्छ ।
सबै कुरा एकै ठाउँबाट हुन्छ भन्ने लाग्छ र हामी कहाँ आउँदा खेरि तपाईं यो ढुक्क भएर आउनुस् कि हामीसँग आएर सल्लाह लिदैमा पैसा लाग्दैन ।
हामी नि शुल्क दिन सक्छौं। तपाईंलाई चित्त बुझ्छ। आउनुस् हामी काम गरौंला । होइन भने पनि हामी सही सल्लाह हामी दिन सक्छौं भन्छु म।
हस्। हस्, धन्यवाद।















