अमेरिकामा दश महिनामा २० लाख बाहिरिए, पाँच लाख बढी डिपोट
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो दश महिनामा पाँच लाख बढी अवैध आप्रवासीहरूलाई देश निकाला गरिएको तथ्याङ्क सार्वजनिक भएको छ।
ट्रम्पले सन् २०२५ को जनवरी २० तारिख देखि कार्यभार सम्हालेका हुन्।
ट्रम्प प्रशासनले पहिलो वर्षको अन्त्य सम्ममा निर्वासनको रेकर्ड तोड्ने गतिमा काम गरिएको जनाएको । हाल सम्म तत्कालिन राष्ट्रपति बराक ओबामाको कार्यकालमा सबै भन्दा धेरै अवैध आप्रवासी देश निकालामा परेका थिए।
ट्रम्प प्रशासनले ओबामा पाताको तथ्याङ्कलाई उछिन्ने भन्दै हाल सम्मको देश निकालालाई ‘केवल सुरुवात’ भनिएको छ।
होम ल्याण्ड सेक्युरिटी (डीएचल) सहायक मन्त्री ट्रिसिया म्याकलफ्लिनलाई उद्धत गर्दै राष्ट्रपति ट्रम्प जनवरी २० मा ह्वाइट हाउस फर्के पछि अहिले सम्म पाँच लाख १५ हजार भन्दा बढी अवैध आप्रवासीहरूलाई देश निकाला गरिएको फक्स न्यूज डिजिटलले जनाएको छ।
ट्रम्पको पहिलो वर्षको अन्त्यसम्ममा ६ लाख भन्दा बढी अवैध आप्रवासीहरूलाई देश निकाला गरिने तयारी गरिएको पनि फक्स न्युजले उल्लेख गरेको छ । राष्ट्रपति ओबामाको नेतृत्वमा सन् २०१३ मा चार लाख ३५ हजार अवैध आप्रवासी देश निकाला परेका थिए ।
ट्रम्प प्रशासनले सन् २०२६ मा “ऐतिहासिक रेकर्ड तोड्ने गतिमा छ” काम गर्ने तयारी गरेको डीएचएसकी सहायक मन्त्री ट्रिसिया म्याकलफ्लिनले बताएकी छिन्।
उनले भनिन् कि जम्मा २० लाख भन्दा बढी अवैध आप्रवासीहरू अमेरिकाबाट बाहिरिएका छन्, जसमा १६ लाख स्वेच्छाले स्व-निर्वासित भएका छन् । ट्रम्पले पदभार ग्रहण गरेदेखि डीएचएस द्वारा थप चार लाख ८५ हजार अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको छ।
म्याकलाफ्लिनले भनेकी छिन्, ‘यो त सुरुवात मात्र हो । अवैध आप्रवासीहरूलाई अहिले नै छोड्नुहोस् वा परिणाम भोग्नुहोस् भन्ने हाम्रो सन्देश हो।‘
‘आप्रवासीहरू अब हाम्रो सिमानामा पुग्नुभन्दा पहिले नै फर्किरहेका छन्’ ‘ म्याकलाफ्लिनले भनिन्, ‘पानामाको ड्यारियन ग्यापबाट बसाइँ सराइमा ९९.९९ प्रतिशतले गिरावट आएको छ । जुन अमेरिकाको लागि एक प्रमुख आप्रवासन मार्ग हो।‘
यस सप्ताहान्तमा, सरकारी बन्दको बीचमा देशभर “सबैभन्दा खराब” आपराधिक अवैध आप्रवासीहरूको पक्राउ कार्य जारी राखेको डीएचएसले जनाएको छ। ‘बाल बलात्कार, आक्रमण, हिट-एन्ड-रन, अपहरण र अन्य अपराधहरूमा दोषी ठहरिएका गैरकानूनीहरूलाई पक्राउ गर्यो।‘ डीएचएले भनेको छ।












