भाइटीकाको साइत सार्वजनिक, विभिन्न देशका लागि फरक समय निर्धारण

Getting your Trinity Audio player ready...
|
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन धर्मावलम्बीहरूको ठूलो चाड तिहार अन्तर्गतको भाइटीकाका लागि विभिन्न देशहरूमा शुभ साइत सार्वजनिक गरेको छ ।
समितिको आज बसेको बैठकले तिथिमान, नक्षत्र र स्थानअनुसारका खगोलीय गणनाका आधारमा विश्वभरिका प्रमुख शहरहरूमा भाइटीका लगाउने उपयुक्त समय निर्धारण गरेको हो ।
समितिका अनुसार, नेपालमा भाइटीका अक्टोबर २३ तारिख बिहिवार (२०८२ कार्तिक ६ गते) बिहान ११ः३९ बजे लगाउन उपयुक्त मानिएको छ । यस्तै, भारतको नयाँ दिल्लीमा अक्टोबर २३, २०२५ मा बिहान ११ः५५ बजे, अमेरिका (न्यु योर्क) मा ११ः५५ बजे र लन्डन (बेलायत) मा ११ः३७ बजे शुभ साइत तोकिएको छ ।
युरोप र अमेरिकाका अन्य शहरहरूमा पनि निम्न समयहरूमा भाइटीका लगाउन उपयुक्त हुने जनाइएको छ ।
पेरिस, फ्रान्स — ११ः२१ बिहान
फ्र्याङ्कफर्ट, जर्मनी — ११ः४३ बिहान
डेनमार्क — ११ः२५ बिहान
ओस्लो, नर्वे — ११ः४३ बिहान
जेनेभा, स्वीट्जरल्याण्ड — ११ः४५ बिहान
टोरन्टो र भ्यानकुभर, क्यानडा — ११ः२५ बिहान
टेक्सस, अमेरिका — ११ः५७ बिहान
क्यालिफोर्निया — ११ः४१ बिहान
सिकागो — ११ः३५ बिहान
अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसवेन, एडिलेड, पर्थ लगायतका शहरहरूमा अक्टोबर २२ मा नै भाइटीका पर्ने भएकाले सोही अनुसार साइत निर्धारण गरिएको छ ।
एशियाका देशहरूमध्ये:
टोकियो, जापान — ११ः४२ बिहान
सियोल, दक्षिण कोरिया — ११ः२१ बिहान
सिंगापुर — ११ः५८ बिहान
क्वालालम्पुर, मलेसिया — ११ः५७ बिहान
बैंकक, थाइल्यान्ड — ११ः४१ बिहान
याङ्गुन, म्यानमार — ११ः५५ बिहान
अबुधाबी, युएई — ११ः५५ बिहान
दोहा, कतार — ११ः५५ बिहान
तेल अभिभ, इजरायल — ११ः४५ बिहान
यस वर्ष तिहारको अवसरमा ‘विश्व ज्योतिष महासंघ’ र ‘अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति’ ले सम्पूर्ण सनातन धर्मावलम्बीहरूलाई तिहार तथा शुभ दीपावली २०८२ को मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
समितिले शुभ साइत ‘सबैभन्दा उपयुक्त समय’का रूपमा निर्धारण गरिएको जनाउँदै, सो दिन आफू अनुकूल समयमा पनि टीका लगाउन सकिने स्पष्ट पारेको छ ।