नेपाली बजारमा सुनको मूल्य अस्वाभाविक रूपले बढ्यो

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकड ब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हाल सम्मकै उच्च हो ।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो । बुधबार २ लाख ३८ हजार रुपैयाँ तोलामा सुनको कारोबार भएको थियो ।
पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य अस्वाभाविक रूपले बढिरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने तीन हजार २५ रुपैयाँ तोला पुगेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि हाल सम्मकै उच्च हो ।