प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीबिच वार्ता, भारतको सहयोग जारी रहने

Getting your Trinity Audio player ready...
|
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग फोन वार्ता गरेका छन् ।
बिहीबार भएको फोन वार्तामा प्रधानमन्त्री मोदीले शान्ति र स्थिरता पुनर्स्थापित गर्न प्रधानमन्त्री कार्कीले गरेको प्रयासप्रति भारतको दृढ समर्थन रहेको बताए ।
वार्ता पश्चात् सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मोदीले असोज ३ गते (भोली) रहेको राष्ट्रिय दिवसको शुभकामना समेत दिए ।
‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग न्यानो कुराकानी भयो । हालै भएको दुःखद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई पुनः पुष्टि गरेँ । साथै, मैले भोलि राष्ट्रिय दिवसमा उहाँ र नेपाली जनतालाई हार्दिक शुभकामना व्यक्त गरे,’ उनले लेखेका छन् ।