आइसमा भर्ना हुन डेढ लाख जनाको आवेदन
|
Getting your Trinity Audio player ready...
|
वाशिङ्गटन डिसी/ अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) सार्वजनिक मामिला कार्यालयले अध्यागमन र भन्सार प्रवर्तन (आइस) का लागि डेढ लाख जनाले आवेदन दिएको जनाएको छ।
‘अमेरिकाबाट सबैभन्दा खराब अपराधी अवैध आप्रवासीहरूलाई हटाउन मद्दत गर्न आइस कानून प्रवर्तनमा सामेल हुन आइसले एक लाख ५० हजार भन्दा बढी आवेदनहरू प्राप्त गरेको छ।’ विभागद्वारा मंगलवार जारी प्रेस विज्ञप्तिमा भनिएको छ।
अमेरिकाबाट हत्यारा, गिरोह सदस्य, बाल यौन दुराचार गर्ने, आतङ्ककारी र बलात्कारीहरूलाई हटाउन मद्दत गर्न चाहने देशभक्त अमेरिकीहरूलाई आइसले १८ भन्दा बढी अस्थायी जागिरका लागि दरखास्त आह्वान गरेको थियो।
“आइसले अमेरिकाबाट सबैभन्दा खराब अपराधी, अवैध आप्रवासीहरूलाई हटाएर आफ्नो मातृभूमिको रक्षा गर्न चाहने देशभक्त अमेरिकीहरूबाट एक लाख ५० हजार भन्दा बढी आवेदनहरू प्राप्त गरेको छ,” अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमको भनाइ उद्धृत गर्दै डीएचएसले प्रेसित विज्ञप्तिमा भनिएको छ।
“हामीले पहिले नै १८ हजार भन्दा बढी अस्थायी जागिर प्रस्तावहरू जारी गरिसकेका छौँ। अमेरिकीहरूले हाम्रो देशबाट हत्यारा, बाल यौन दुराचार गर्ने, बलात्कारी, आतङ्ककारी र गिरोहका सदस्यहरूलाई हटाउन सेवा गर्ने र मद्दत गर्ने आफ्नो देशको आह्वानको जवाफ दिइरहेका छन्।” उनले भनेकी छिन्।
आइसले संघीय कानून प्रवर्तन प्रोत्साहनको बलियो प्याकेज प्रदान गरिरहेको जनाएको छ। जसमा अधिकतम ५० हजार डलरको बोनस, विद्यार्थी ऋण चुक्ता र माफी विकल्पहरू, विशेष एजेन्टहरूको लागि २५% कानून प्रवर्तन उपलब्धता भुक्तानी,
प्रवर्तन हटाउने कार्यहरूको लागि प्रशासनिक रूपमा अनियन्त्रित ओभर टाइम रहेको जनाइएको छ।












