भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो
|
Getting your Trinity Audio player ready...
|
विराटनगर । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपर मार्केटमा जलेको अवस्थामा शव अर्थात मानव कङ्काल फेला परेको छ ।
मोरङ प्रहरीका अनुसार सोमबार बिहान सफाइ गर्ने क्रममा सुपर मार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगजनी र लुटपाटका क्रममा घटनास्थलमै कसैको मृत्यु भएको हुन सक्छ ।
जेन–जी आन्दोलनका क्रममा भाटभटेनी सुपर मार्केटहरू आन्दोलनकारीहरूको निसानामा परेको थियो ।
धरान र विराटनगरको भाटभटेनी भने ध्वस्त छ । धरानस्थित भाटभटेनीमा आगजनी हुँदा चार जनाको ज्यान गएको थियो ।








