‘हामी फेरि उठ्ने छौँ’ भन्दै कांग्रेस मुख्यालयमा राखियो बिपीको तस्बिर र ब्यानर
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला (बिपी)को तस्बिर र ब्यानर पुनः राखिएको छ ।
भदौ २४ गते जेनजी समूहका प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा आगजनी गर्दै भौतिक संरचनामा क्षति पु¥याएका थिए ।
उक्त घटनापछि पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले कार्यालयको आन्तरिक सजावट पुनः सुरु गर्दै बिपी कोइरालाको तस्बिर र ब्यानर पुनःस्थापना गरेका हुन् ।
उनीहरूले कार्यालय परिसरमा बिपीको तस्बिरसहित हामी फेरि उठ्ने छौँ भन्दै ब्यानर झुन्ड्याएका छन् ।








