देउवा दम्पत्तीमाथि निवासमै पुगेर हातपात
काठमाडौं । जेनजीको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले देउवा निवासमा गएर शेरबहादुर देउवा र डा.आरजु राणा देउवामाथि हातपात गरेको छ ।
मंगलबार भएको जेनजी आन्दोलनकारीहरू बिहान निवासमै पुगेर देउवा दम्पत्तीमाथि नै हातपात गरेको हो ।
हिजो सोमबारदेखि चलेको जेनजी आन्दोलनले आज झन् उग्र रूप लिएको छ ।
उनीहरुले देउवा, ओली र प्रचण्डलगायत ठुला ठुला नेताहरूको घर र पार्टी कार्यालयमा आगजनीसहित तोडफोड पनि गरेका छन् ।














