पेन्सिल्भेनियामा नेपालीको वनभोज सेप्टेम्बर ६ तारिख

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनियाको राज्यको ह्यारिसबर्ग, मेकानिसबर्ग आसपास बस्ने नेपालीहरूले यस वर्ष सेप्टेम्बर ६ तारिख वनभोज आयोजना गर्ने भएका छन्।
सन् २०१७ देखि यस क्षेत्रमा रहेका नेपालीले हरेक वर्ष वनभोज आयोजना गर्दै आएका छन्।
‘यहाँ रहेका नेपाली बिचमा सुमधुर सम्बन्ध कायम गर्न हामीले वनभोज आयोजना गर्दै आएका हौ, यसले समुदायलाई जोड्ने काम गर्दै आएको छ।’ आयोजक मध्येका एक गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका पेन्सिल्भेनिया च्याप्टरका निवर्तमान उपाध्यक्ष अभिषेक थापाले समाज टाइम्स सँग भने।
थापाका अनुसार सेप्टेम्बर ६ तारिख बिहान सूर्य उदाए सँगै वनभोज शुरु हुने र यो सूर्य नअस्ताउँदा सम्म कायम रहने छ।
‘हामी चियाको सुर्को सँगै वनभोज शुरु गर्छ, ब्रेकफास्ट, लन्च हुँदै डिनर खुवाएर पठाउँछौ।’ थापाले भने, चाडबाड शुरु भइसकेको छ, मौषम पनि राम्रो छ, यो दिनभरिको कार्यक्रम हो, हामीले सबैलाई निम्तो गरेका छौ।‘
वनभोजमा बालबालिकाहरूका लागि विषेश व्यवस्था हुने थापाले बताए। ‘हामीले तीन पुस्तालाई नै हुने गरी कार्यक्रम तय गरेका छौ, खानपिन त छदै छ, यो क्षेत्रमा बसोबास गर्नेहरू नयाँ र पुरानाबिचमा एक आपसमा परिचित गराउने र सबैलाई सामूहिक मनोरञ्जन गराउने मुख्य उद्देश्य हो।’
नेपाली एट मेकानिसबर्गको आयोजनमा वनभोज हुन लागेको हो। लिटिल बफेलो स्टेट पार्कमा वनभोज हुने छ।
‘यो ठाउँ घुम्नका लागि पनि रमाइलो छ।‘ थापाले भने। उनका अनुसार वनभोजमा सहभागी हुन प्रतिव्यक्ति २० अमेरिकी डलर शुल्क तिर्नु पर्ने छ। बालबालिकाहरूका लागि भने १० डलर मात्र शुल्क तोकिएको छ। पाँच वर्ष मुनीकालागि भने निशुल्क रहेको छ।
‘अघिल्लो वर्ष तीन सय ४ जनाले सहभागी भएका थिए, यो पटक झन् धेरै हुन्छन् भन्ने हाम्रो अपेक्षा छ।’ थापाले भने। उनले सहभागीले टिकट अग्रिम खरिद गरिदिए आफूहरूलाई व्यवस्थापनमा सजिलो हुने बताए।
‘सोझै कार्यक्रम स्थलमा आउनेलाई पनि हामी स्वागत नै गर्छौ तर अग्रिम टिकट लिइदिनु भयो भने हामीलाई व्यवस्थापनमा सजिलो हुन्छ।’ उनले भने।