चलचित्र फ्रेनिया प्रदर्शनको तयारी पुरा

Getting your Trinity Audio player ready...
|
नारायण भण्डारी
अस्टिन/ टेक्सस, मानिसको मानसिक अवस्थाको प्रभाव र असरलाई चित्रित गर्दै नेपाली कलाकारहरूले अंग्रेज़ी भाषामा निर्माण गरेको छोटो चलचित्र “फ्रेनिया” छिट्टै प्रदर्शनको तयारीमा रहेको छ ।
चलचित्र प्रदर्शनको तयारी बारेमा जानकारी दिन आइतबार नर्थ अस्टिनको करी किचनमा आयोजित पत्रकार सम्मेलनमा यो चलचित्र सेप्टेम्बर १२ गते शुक्रवार जार्जटाउनको प्यालेस थिएटरमा बेलुका ८ बजे प्रदर्शन गरिने जानकारी दिइयो ।
पेगासस ईन्टरटेनमेन्टको प्रस्तुति रहेको यो चलचित्रको निर्देशकमा सुवास थापा, निर्माताहरूमा सुवास थापा, सुप्रिम बस्ताकोटी, नरेन्द्र साउद, हेमन्त न्यौपाने, बेजन फेरामार्जी, भीष्म अधिकारी, रहेका छन् ।
त्यसैगरि कार्यकारी निर्मातामा सुवर्ण थापा र नारायण पुरी छन् भने छायाकंन निर्देशकमा बेजन फेरामर्जी, उत्पादन डिजाइनरमा माइक परिसो,ध्वनि नियन्त्रणमा स्टिफेन सेग, कपाल र सृगारमा ड्यानिएल प्रिसिन ,दृश्य प्रभावमा सत्याम राणा, सृजनात्मक पर्यवेक्षणमा प्रशान्त रसाइली छन् र चलचित्रमा श्रव्य दृश्य छायाकंन पोस्ट मास्टर इन्डियाको रहेको छ ।
चलचित्र वारे छोटो विचार राख्दै निर्देशक थापाले यो चलचित्र वास्तविकता र कल्पना बिचको अन्तर्द्वन्द्व भएकोले दर्शकको मनोदशा अनुसार यसलाई अर्थ लगाइने हुँदा प्रदर्शन पछि आउने दर्शकको प्रतिक्रिया महत्त्वपूर्ण हुने बताए । चलचित्रले मन र मनको अवस्थाले मानिसको जीवनमा पार्ने प्रभावलाई प्रस्तुत गर्ने जमर्को गरेको उनको भनाई रहेको छ ।
मानव जगतमा विकसित विभिन्न भाषाका सभ्यता र त्यसमा आधारित धर्म दर्शन अनि साहित्यमा मानिसको मनको विषयलाई अर्थ्याइएको पाइन्छ । किनकि मन निकै चञ्चल छ र मानिसले गर्ने सारा कर्मको कारक यही मन हो भनिएको छ । धर्म दर्शनमा यो मनको निकै ठुलो महत्त्व दर्साइएको छ ।
गीतामा अर्जुनले भगवान कृष्ण सँग आफ्नो मनको चञ्चलताले गर्दा डर,त्रासबाट मुक्त भई दृढ ज्ञान प्राप्त गर्न कठिन भएको गुनासो गरेका छन्। मन जसलाई अंग्रेज़ीमा माइन्ड भनिन्छ यो नै मानिसको राम्रो नराम्रो साराकर्मको कारक मानिन्छ ।
मानिसको मनोदशा अनुसार हरेक कर्ममा पर्ने असर र बुझाइमा पर्ने प्रभावलाई चलचित्रले उजागर गर्ने प्रयास गरेको ठानिएको छ । यस चलचित्रमा सुवास थापा, कार्नोभस्की, दानी हर्टाडो, माइक परिसो कलाकारहरूको अभिनय रहेको छ ।