बालबालिकाका अगाडि देशका बारेमा नकारात्मक मात्र कुरा नगरौँ : गायक महेश काफ्ले
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गायक महेश काफ्लेले विदेशमा रहेका नेपालीलाई आफ्ना बालबालिकाहरूका अगाडि नेपालको बारेमा नकारात्मक कुराकानी मात्र नगरिदिन आग्रह गरेका छन्।
पत्नी तथा गायिका अस्मिता अधिकारी सहित अमेरिकामा साङ्गीतिक यात्रामा रहेका काफ्लेले गत शुक्रवार ह्यारिसबर्गमा आफ्नो प्रस्तुति दिनु अगाडि समाज टाइम्स सँगको कुराकानीमा यस्तो आग्रह गरेका हुन्।
झन्डै तीन साता देखि अमेरिकामा रहेका काफ्लेले आफ्नो अनुभव साट्ने क्रममा यस्तो बताएका हुन्।
‘कहिलेकाहीँ एउटा कुरा चाहिँ मैले फिल गरेको चाहिँ जस्तो अब नेपालमा छन् त अझै पनि अब समस्याहरू के के के छ।‘काफ्लेले भने, अनि अब सायद त्यो घरमा बुवा आमाले नेपालको विषयमा जुन कुरा गर्नुहुन्छ त्यो बच्चालाई एउटा साइकोलोजी पर्छ जस्तो लाग्यो के।‘
उनले बालबालिकाको अगाडि नेपालको समस्याहरूको मात्र कुराकानी हुँदा उनीहरूको मनोविज्ञानमा नै असर पर्ने सक्ने औँल्याए।
‘मेरो बाआमा चाहिँ जुन देश आएको हो त्यो देश चाहिँ अलि ठिक रहेन रहेछ कि क्या हो भनेको जस्तो साइकोलोजी पर्या हो की ?, उनले भने, ‘हामीले कुनै कुनै बच्चाहरूमा चाहिँ अलिकति नेपालको कुरा गर्दा खेरि थोरै हिंसा बोध जस्तो हुन्छ नि तिमीलाई नेपाली आउँछ भन्दा अलिकति हुन्छ नि उसले अलि इग्नोर गर्या जस्तो लाग्यो।‘
र यो पनि …












