काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको नयाँ फुटबल रंगशाला बनाउन जग्गा प्राप्तिको प्रकृया अगाडि बढ्यो

काठमाडौं / भक्तपुरको सूर्यविनियक नगरपालिकाले जगातीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणका लागि जग्गा प्राप्तिका आवश्यक प्रकृया अगाडि बढाएको छ ।
भदौ ३ गतेको नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
सो जग्गा प्राप्तिका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत असार ५ गते जग्गा प्राप्तिका सम्बन्धमा नगरपालिकालाई पत्राचार गरेको थियो ।
निर्णय कार्यान्वयन भएपछि रंगशाला निर्माणका लागि २ सय रोपनी भन्दा बढी जग्गा प्राप्त हुनेछ । जग्गा प्राप्ति सम्बन्धी पत्र अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिबद्धता र राखेपका सदस्य–सचिव टंकलाल घिसिङको सक्रियतामा जग्गा प्राप्तिको विषय अगाडि बढेको राखेपद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ।