अमेरिकामा “मिट एण्ड ग्रिट” विथ नायक प्रदीप खड्का सम्पन्न

मेरिल्याण्ड, अमेरिका / चार भाइ इन्टरटेन्मेटको प्रस्तुतिमा मेरिल्यान्डको गेथेस्बर्गमा नेपाली चलचित्रका सुपर स्टार नायक प्रदीप खड्का सङ्ग “मिट एण्ड ग्रीट विथ प्रदीप खड्का ” कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीले खड्का सँग उनको फिल्मी क्यारियर, व्यक्तिगत जीवनीको बारेमा बुझ्ने मौका पाए । उक्त कार्यक्रममा दर्शकहरूले नायक प्रदीप र उनको चलचित्र क्षेत्रमा योगदानको बारेमा प्रश्नोत्तर समेत गरेका थिए। त्यस्तै उनीसँग फोटो खिच्ने एवं टिक टक बनाउनेको पनि उस्तै भिड थियो ।

” यो माया र साथ अनि नेपाली कला प्रेमी सन्सारभर फैलिएको र आफूले पाएको सम्मान र साथले झन् आफूलाई भावुक बनाएको छ ” अभिनेता प्रदीप खड्काले भने ।
“कलाकार प्रतिको यो सम्मानले आफूमा झन् जोश एवं जिम्मेवारी थपिएको अनुभूति भएको छ ” उनले थपे ।
मेरिल्यान्डको गेथेस्बर्गमा यो कार्यक्रम हामीले पहिलो पटक आयोजना गरेका हौ र यसबाट हामीले कार्यक्रम सफल पनि बनाए नेपाली कलाकार र कलालाई सन्सारभर चिनाउने पहिलो कदममा हामीले सफलता हात पारेउ , हामी खुशी छौँ “कार्यक्रम आयोजक ४ भाइ इन्टरटेनमेन्टका प्रमुख दिवस ले भने।

नेपाली चलचित्रका चर्चित प्रोडक्सन डिजाइनर कृष्ण कोइरालाको संयोजनमा भएको उक्त कार्यक्रममा रियल्टर सन्तोष कोइराला लगाएकाले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सफलताले हौसिएका ४ भाइ ईन्टरटेन्टमेन्टका सदस्य उत्सव रिमालले अब चाडै नै डी.एम. भी. एटीमा लक्षित वृहत् रूपमा साङ्गीतिक कार्यक्रमको तयारीमा रहेको पनि जानकारी दिए।
