तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ३५० रुपैयाँमा कायम भएको छ ।