ओलम्पिक कमिटीको तदर्थ समितिको नाम सार्वजनिक

Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को तदर्थ समितिका सदस्यहरूको नामावली सार्वजनिक भएको छ ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले सबै सदस्यहरूको नामावली सार्वजनिक गरेको हो ।
लामो समयदेखि चल्दै आएको विवाद र उत्पन्न अन्यौलताबारे बहुमत राष्ट्रिय खेल सङ्घहरूले तदर्थ कार्य समिति गठन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
संस्थागत सर्वमान्य सिद्धान्त बमोजिम नेपाल ओलम्पिक कमिटीका बहुमत सदस्य राष्ट्रिय खेल सङ्घहरूको श्रावण २६ गतेका दिन संयुक्त बैठक बसी नेपाल ओलम्पिक कमिटीका निवर्तमान अध्यक्ष ध्रुव बहादुर प्रधानको अध्यक्षतामा कमिटीको तदर्थ कार्य समिति र कार्य समिति अन्तरगत रहने गरी चार वटा विषयगत उप–समितिहरू गठन गरेको घोषणा समेत गरिएको छ ।
समितिले ओलम्पिक कमिटीमा भएका समस्याहरूको समाधानका लागि आइओसी लगायत नेपाल खेलकुद परिषद् तथा विभिन्न निकायहरूसँग आवश्यक समन्वय गरी नेपालमा ओलम्पिक गतिविधिलाई निरन्तरता दिने र निकट भविष्यमा ओलम्पिक कार्यक्रम अन्तरगत आयोजना हुने बृहत् खेलकुदमा खेलाडीहरूको खेल्न पाउने अधिकार सुनिश्चित गर्नेछ ।