ल्यानक्यास्टरमा मनाइयो तिज उत्सव, नयाँ कमिटीले लियो जिम्मेवारी

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपाली पर्व हरितालिका तिज अमेरिकाको पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा सामूहिक रूपमा मनाइएको छ।
नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाको आयोजनामा आइतबार ल्यानक्यास्टरमा सामूहिक रूपमा तिज उत्सव मनाइएको हो।
मेनहाइन टाउन सीप सामुदायिक पार्क आयोजित कार्यक्रममा सहभागीहरूलाई ‘दर’ खुवाइएको थियो। यस्तै सहभागीहरूले नाचगान गरी रमाइलो गरेका थिए।
यसै गरी ल्यानक्यास्टरमा बसोबास गर्ने विभिन्न सङ्कायमा दीक्षान्त भएकाहरूलाई सम्मान गरिएको थियो।
करुणा बज्राचार्य, सर्वेश आचार्य, सोफि न्यौपाने, शृया प्रधान, सक्षम छन्त्याल, अनिता केसी, क्रिसन परमारले यस पटक दीक्षान्त गरेका थिए।
दीक्षान्त भएकाहरूलाई नेपालबाट अमेरिकामा भ्रममा रहेका जेष्ठ नागरिक त्रिलोक न्यौपाने र इन्दिरा न्यौपानेले सम्मान पत्र प्रदान गरेका थिए।
नयाँ कमिटीले लियो जिम्मेवारी
नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाको नयाँ कमिटीले जिम्मेवारी लिएको छ। तिज उत्सवकै अवसरमा संस्थाको नवनिर्वाचित कार्यसमितिले जिम्मेवारी दिएको हो।
संस्थाको अध्यक्षमा श्री पौडेल, उपाध्यक्षमा अञ्जलिका केसी, सचिवमा अस्मिता श्रेष्ठ, कोषाध्यक्षमा सिर्जना पन्त चयन भएका छन्।
यस्तै सदस्यहरूमा राधा महर्जन, अनिता केसी, वन्दना श्रेष्ठ, करुणा बज्राचार्य, सुभद्रा माली र प्रमीला न्यौपाने चयन भएका छन्।
नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाको पछिल्लो दुई कार्यकालको कार्यसमिति पूर्णपुरमा महिला मात्र रहँदै आएका छन्।
यस अगाडि अर्चना शर्मा अध्यक्ष रहेकी थिइन। उनलाई नयाँ कार्यसमितिले सम्मानित कार्यकारी सदस्यमा मनोनीत गरेको छ।
संस्थाले तिजका साथ साथै दसैँ तिहार र नयाँ वर्षमा सामूहिक कार्यक्रम गर्दै यहाँ रहेका नेपालीहरूलाई जोड्न काम गर्दै आएको छ।