पेन्सिल्भेनियामा तेक्वान्दो खेलाडीलाई आत्महत्या दुरुत्साहन प्रशिक्षण

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा रहेको ग्लोबल तेक्वान्दो एकेडेमीका खेलाडीलाई आत्महत्या दुरुत्साहन प्रशिक्षण दिइएको छ।
गत शुक्रवार भएको प्रशिक्षणमा ३५ जना तेक्वान्दो खेलाडीले सहभागिता जनाएका थिए।
ग्लोबल तेक्वान्दो एकेडेमीका संचालक तथा मुख्य प्रशिक्षक प्रकाश ढुङ्गानामा अनुसार खेलाडीलाई खेलकुदको अतिरिक्त क्रियाकलाप अन्तर्गत यस्तो प्रशिक्षण दिइएको हो।
‘हामीले यो कार्यक्रम भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग (बिसिएच) को सहकार्यमा आयोजना गरेका हौ, हाम्रो समाजमा आत्महत्या घटाउन यस्ता कार्यक्रमले सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा छ।’ प्रशिक्षक ढुङ्गानाले भने।

कार्यक्रममा सहभागीहरूलाई समस्यामा परेका साथीहरूको कसरी पहिचान गर्ने र उनीहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने ज्ञान दिइएको थियो।
भीम थपलिया र नारद अधिकारीले प्रशिक्षण दिएका थिए।