ह्यारिसबर्ग ओपन तेक्वान्दोमा १२ स्कुलका दुई सय ५० बढी खेलाडीको सहभागिता

Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा आयोजना हुने पहिलो ह्यारिसबर्ग ओपन तेक्वान्दोमा १२ स्कुलका दुई ५० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ।
युनाइटेड एभरेस्ट तेक्वान्दोको आयोजनामा अगस्त २३ तारिख शनिवार ह्यारिसबर्ग ओपन तेक्वान्दो आयोजना हुँदै छ।
च्याम्पियनसिपको बारेमा जानकारी दिन शनिवार ह्यारिसबर्गमा आयोजित पत्रकार सम्मेलनमा युनाइटेड एभरेष्ट तेक्वान्दोकी सञ्चालिका तथा मुख्य प्रशिक्षक विनिता पुरी राईले हाल सम्म दुई सय ५६ जना खेलाडीले नाम दर्ता गराइसकेको जानकारी दिइन्।
पुरीका अनुसार मेरिल्याण्ड बाल्टिमोरको एभरेस्ट वर्ल्ड क्लास, पेन्सिल्भेनियाबाट एभरेस्ट वर्ल्ड क्लास ल्यान्कास्टर, हिङमाङ तेक्वान्दो मेकानिक्सबर्ग, ग्लोबल तेक्वान्दो एकेडेमी ह्यारिसबर्ग, रेड ओशन मल्टी एकेडेमीका खेलाडीले च्याम्पियनसिपमा भाग लिने छन्।
यस्तै ओहायोबाट सनशाइन एक्रोन, सनशाइन कोलम्बस, सनशाइन रेनोल्ड्सबर्ग तेक्वान्दो स्कुलका खेलाडीले पनि ह्यारिसबर्ग ओपनमा आफ्नो चुनौती पस्कने छन्।
भर्जिनियाको एच. के. ली एकेडेमी, केन्टकीको थर्ड आई लुइसभिल र न्यु जर्सीको च्याम्पियन्स तेक्वान्दो पनि सहभागिता जनाउने छन्।
च्याम्पियनसिपमा भाग लिने खेलाडीले अगस्त २० तारिख बुधवार सम्म नामा दर्ता गराउने पाउने आयोजनले व्यवस्था गरेको जनाइएको छ।
च्याम्पियनसिप ह्यारिसबर्ग स्थित डाफिन काउन्टी टेक्निकल स्कुलको (6001 Locust Ln, Harrisburg, PA 17109) हलमा हुने छ ।
पत्रकार सम्मेलनमा मास्टर कुमार कार्कीले च्याम्पियनसिप सफल पार्न सबैलाई आग्रह गरे। यसै गरी ग्लोबल तेक्वान्दोका प्रशिक्षक प्रकाश ढुङ्गानाले पनि च्याम्पियनसिपका लागि सबैले हातेमालो गर्न अनुरोध गरे।