भदौमा पनि वाणिज्य बैङ्कहरूको ब्याजदर घट्यो

काठमाडौं । भदौ महिनामा वाणिज्य बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर घटाएका छन् । साउनको तुलनामा बैङ्कहरूको ब्याजदर ०.११ प्रतिशत विन्दुले घट्दै भदौमा यो दर ५.५७ प्रतिशतमा झरेको छ ।
२० वटा वाणिज्य बैङ्कमध्ये ८ बैंकले ब्याजदर घटाएका छन् भने ११ बैंकले स्थिर राखेका छन् । प्रभु बैंकले मात्र ब्याजदर बढाएको छ ।
कृषि विकास बैंक, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई बैंकले ब्याजदर घटाएका छन् ।
राष्ट्र बैंकको नीतिगत दर ४.५ प्रतिशत कायम छ, जसको प्रभाव स्वरूप साउनदेखि ब्याजदर घट्दै आएको हो । असार महिनामा उच्च पुँजीगत खर्चका कारण निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह सुस्त रहेकाले बैङ्कहरूले भदौमा पनि ब्याजदर घटाएका हुन् ।
ब्याजदरमा सबैभन्दा ठूलो कटौती स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको बैंकले साउन महिनामा व्यक्तिगत मुद्दतीमा ६.२६ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा ५.१३ प्रतिशतमा झारेको छ । प्रभुले भने साउनमा ४.२५ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा १.१ प्रतिशत बढाएर ५.३५ प्रतिशत पुर्याएको छ ।