ज्याक जीवन तिवारीलाई भोट दिन आह्वान, आइतवार मतदान

Getting your Trinity Audio player ready...
|
भर्जिनिया, अमेरिका/ नेपाली मूलका ज्याक जीवन तिवारी प्रिन्स विलियम काउन्टी अन्तर्गत गेन्सभिल क्षेत्रको सुपरभाइजरमा प्रतिस्पर्धा गर्दै छन् ।
नेपाली समुदायको बाक्लो बसोबास रहेको अमेरिकाको भर्जिनिया राज्यको प्रिन्स विलियम काउन्टी अन्तर्गत सुपरभाइजर पदको रिक्त चुनावको लागि आइतवार डेमोक्रेटिकबाट हुने प्राइमरी चुनावमा नेपाली मूलका जीवन तिवारी उम्मेदवार रहेका छन्।
उनले उक्त क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरूलाई आइतवारको मतदानमा भाग लिनको लागि आह्वान गरेका छन्।
“यो नेपाली समुदायको लागि एउटा सुवर्ण अवसर हो। सबैजना उहाँलाई निर्वाचित गराउनको लागि होस्टेमा हैसे गर्न नेपाली समुदायका विभिन्न व्यक्तिहरु अहिले लागि परेका छन् ।” भर्जिनियामा रहेका सामाजिक अभियन्ता प्रशन्न संग्रौलाले भने।
“भोलिको प्राइमरी चुनाव उनले जिते भने उक्त क्षेत्र डेमोक्रेटिक पार्टीको बाहुल्य रहेकोले नोभेम्बरमा हुने चुनाव जित्ने सम्भावना रहन्छ।” संग्रौलाले थपे।
नेपालको पोखरामा जन्मेर विगत २० वर्षदेखि अमेरिकामा रहेका जीवन तिवारी समुदायमा पहिलेदेखि नै परिचित नाम हो।