सिन्धुलीमा एकै परिवारका १७ जना तीन दिन देखि बेपत्ता

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पा बिप्पर कटेरीबाट बेपत्ता भएका एकै परिवारका १७ जना सदस्यको खोजीका लागि रामेछाप प्रहरी पनि परिचालित भएको छ ।
स्थानीय करिब ५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँ सहित १७ जना बेपत्ता भएपछि उनीहरू रामेछापको हायु गाउँमा आएको हुन सक्ने भन्दै रामेछाप प्रहरी पनि खोजीमा जुटेको हो ।
रामेछापको हायु समुदायको बसोबास रहेको रामेछाप नगरपालिका–७ सुकाजोर र वडा नं ८ रामेछापको हायु गाउँमा प्रहरी परिचालन भएको छ । रामेछापको वडा नं ७ र ८ मा हायु समुदायको बसोबास रहेको छ ।
उनीहरू यहाँका हायु समुदायका आफन्तकोमा आएको हुनसक्ने आशङ्कामा खोजी सुरु गरिएको हो ।
‘रामेछाप नगरपालिकामा अन्तिम मोबाइल लोकेसन देखाएकोले रामेछापमा पनि खोजी सुरु गरिएको हो, खोजी जारी छ, तर अहिलेसम्म पत्ता लागेको छैन’, जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले भने।
एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएको हुन सक्ने अनुमान गरिएको वडाध्यक्ष रवीन श्रेष्ठले जानकारी दिए ।
बुधबार वा बिहीबार परिकारका १८ जना सदस्यको करिब ८ लाख रुपैयाँ सामाजिक भत्ता बुझेर आएका हायु परिवार सोही भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय रहेको श्रेष्ठले बताए ।
छिमेकीको घर नजिकै गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि घरमा हेर्न जाँदा सोमबार बिहान मात्रै उनीहरू घरमा नभएको पत्ता लागेपछि सोमबार बिहानबाट स्थानीय र प्रहरीले खोजी जारी राखेका छन् ।
हायुको घरको भान्सामा आगो लागेर सामान्य क्षति भएको छ । जलेको भान्सामा काटेर भाँडामा राखेको सुँगुरको मासु फेला परेको छ । घर पालुवा जनावर भैँसी, बाख्रा, कुखुरा भने अलपत्र अवस्थामा छन् ।
वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिलाको श्रीमानको गत वर्ष निधन भएको थियो ।‘ श्रीमान् पोहोर साल बित्नु भयो, उहाँहरूको १८ जनाको परिवार हो ६ भाइ छोरा, बुहारी, ६ बहिनी छोरी छन्, ती मध्ये एउटी छोरी काठमाडौँ तिर छिन्, एउटी बुहारी विदेश तिर छिन्, अरू सबै घरमा नै छन्, जेठो ज्वाइँ पनि उहाँहरूसँगै बस्दै आउनु भएको रहेछ’, श्रेष्ठले भने ।
हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पा बिप्पर कटेरीबाट बेपत्ता भएका हायु परिवारका सदस्यहरूको नाम खुलेको छ ।
बुधबार वा बिहीबार परिकारका १८ जना सदस्यको सामाजिक भत्ता बुझेर आएका हायु परिवार सोही भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय रहेको बताइएको छ ।
छिमेकीको घर नजिकै गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि घरमा हेर्न जाँदा सोमबार बिहान मात्रै उनीहरू घरमा नभएको पत्ता लागेपछि सोमबार बिहानबाट स्थानीय र प्रहरीले खोजी जारी राखेका छन् ।
हायुको घरको भान्सामा आगो लागेर सामान्य क्षति भएको छ । जलेको भान्सामा काटेर भाँडामा राखेको सुँगुरको मासु फेला परेको छ । घर पालुवा जनावर भैँसी, बाख्रा, कुखुरा भने अलपत्र अवस्थामा छन् ।
हराएको हायु परिवारका सदस्यहरू
१) वर्ष ५२ की उर्मिला हायु (आमा)
२) वर्ष २७ की कमला हायु (छोरी)
३) वर्ष २३ की कोमल माया हायु (बुहारी)
४) वर्ष २२ की उषा हायु (छोरी)
५) वर्ष १९ की सुजात हायु (छोरी)
६) वर्ष १८ की अस्मिता हायु (छोरी)
७) वर्ष १२ की शान्ता हायु (छोरी)
८) वर्ष २९ को राजु हायु (छोरा)
९) वर्ष २४ को हिमाल हायु (छोरा)
१०)वर्ष १६ को लाल बहादुर हायु ( छोरा)
११) वर्ष १४ को वेगबहादुर हायु ( छोरा)
१२) वर्ष ११ को लक्की हायु (छोरा)
१३) वर्ष १२ को सुवर्ण हायु (छोरा)
१४) वर्ष १० की ओम कुमारी हायु (छोरी)
१५) वर्ष १ को अर्जुन हायु (नाति)
१६) वर्ष ४ की रियासा हायु ( नातिनी )