अधिकारका कुरा गर्दा जिम्मेवारीलाई भुल्न हुँदैन : मन्त्री सिंह

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले अधिकारका कुराहरू गरिरहँदा आफ्नो जिम्मेवारीलाई भुल्न नहुने बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित नेपाल टेलिकम वर्कर्स युनियनको ३८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले अधिकारका कुराहरू उठाउँदै गर्दा निर्वाह गर्नुपर्ने जिम्मेवारीहरू भुल्न नमिल्ने धारणा राखे ।
उनले भने,‘हामीले अधिकारको कुरा गर्दै गर्दा के चाहिँ बुझ्नुपर्छ भने अधिकारसँगै जिम्मेवारीको पनि कुरा आउँछ । अधिकारका कुराहरू पनि उठाउनुपर्छ । तर त्यो सँगै निर्वाह गर्नुपर्ने जिम्मेवारीहरू हुन्छन् ,तीनका बारेमा पनि सोच्नपर्छ ।’
त्यस्तै युनियन उठाएका विषय र मुद्दाहरू अत्यन्तै प्रष्ट एवम् महत्त्वपूर्ण रहेको बताउँदै त्यसमा सरकार गम्भीर रहेको बताए ।
मन्त्री सिंहले मंगलबार नै बीपी कोइरालाको स्मरण गर्दै सिद्धान्त, आदर्शवादबाट विचलित नभई दुःख कष्ट सहेर जनतालाई प्रजातान्त्रिक अधिकार दिलाउन बीपीले धेरै संघर्ष गरेको स्मरण गरे ।