गैर कानुनी रुपमा विदेश जानेहरूका कारण बढी समस्या : मन्त्री साह

Getting your Trinity Audio player ready...
|
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले वैदेशिक रोजगारीमा गैर कानुनी तरिकाबाट जानेहरूमा नै धेरै समस्यामा आउने गरेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था छलफल सम्बन्धमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरूमा आएको समस्यालाई कानुनी रुपमा मात्र नभई सामाजिक उपचारका रुपमा पनि काम गर्नुपर्ने बताए ।
उनले मन्त्रालयको तर्फबाट धेरै उद्धारका कामहरु गरिसकेको र अझै त्यस्ता काममा ध्यान दिएको बताए ।
उनले सम्बन्धित विषयका सम्बन्धमा संसदमा विधेयकहरू पास हुन बाँकी रहेकाले चाँडै समस्याहरूको समाधान हुने औँल्याए ।