न्यान्सको अध्यक्षमा कार्की, महासचिवमा दाहाल

Getting your Trinity Audio player ready...
|
क्यालिफोर्निया / नेपाली एशोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) १७औ कार्यसमितिको अध्यक्षमा प्रितेश कार्की निर्वाचित भएका छन्।
आइतबार सम्पन्न अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा बरिष्ठ उपाध्यक्षमा यज्ञ नेपाल, उपाध्यक्षमा पशुपति कडेँल, महासचिवमा दीपक दाहाल, कोषाध्यक्षमा सुवास शाह ठकुरी निर्वाचित गरेको छ।
सन् १९९४ मा स्थापना भएको न्यान्स अमेरिकामा गठित नेपालका संघ संस्थामध्ये सबैभन्दा पुराना मध्ये एक हो।
कार्यसमितिको सदस्यमा मोहन कार्की, सुनिता धिताल, सुरेश भट्ट, रेनु खनाल लम्साल, शिला दवाडी, अवनीश खड्का निर्वाचित भएका छन्। विधानअनुसार एक सचिव र एक सहकोषाध्यक्षलगायत वाँकी अन्य पदमा कार्यसमितिले मनोनीत गर्नेछ।
उद्घाटन शस्त्रको कार्यक्रममा बोल्दै नेपाली कम्युनिटी सेन्टर तथा न्यान्सको कार्यलय रहेको रिचण्ड सिटीका मेयर इडुआर्डो मार्टिनेजले नेपाली समुदायको एकताको उच्च प्रशंसा गर्दै सिटी सरकार नेपाली समुदायसँग मिलेर काम गर्न तत्पर रहेको बताएका थिए।
उनले हालै खरिद गरिएको नेपाली कम्युनिटी सेन्टरका लागि १ हजार अमेरिकी डलर सहायतासमेत गरे। नवनिर्वाचित अध्यक्ष प्रितेश कार्कीले नेपाली समुदाय सिटीसँग मिलेर कम्युनिटी सहायता र सेवाका कार्यक्रम संचालन गर्न प्रस्ताव गरेका थिए।
साधारणसभाले कम्युनिटी सेन्टरको स्वारुप र सोचभन्दा प्रतिकूल नहुनेगरी हिन्दु तथा वौद्ध मन्दिर स्थापना, जेष्ठ नागरिक राहत कार्यक्रम संचालन, हालै खरिद गरिएको कम्युनिटी सेन्टर पेडअफलगायतका एजेण्डसमेत पारित गरेको नवनिर्वाचित महासचिव दीपक दाहालले जानकारी दिए।