अमेरिकाले नेपालको टीपीएस नथप्ने, ६० दिन भित्र अमेरिका छोड्न आदेश

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) ले नेपालको लागि अस्थायी संरक्षित स्थिति (टीपीएस) समाप्त गरेको जनाएको छ।
गृह सुरक्षा विभागले बिहीबार नेपालको लागि टीपीएस समाप्त गर्ने बारेमा संघीय दर्ता सूचना पोस्ट गरेको हो।
‘देशको अवस्थाको समीक्षा गरेपछि र उपयुक्त अन्तर-एजेन्सी साझेदारहरूसँग परामर्श गरेपछि, गृह सुरक्षा सचिव क्रिस्टी नोएमले नेपालको अवस्थाले अब टीपीएसको लागि वैधानिक आवश्यकताहरू पूरा गर्दैन भनेर निर्धारण गरे।‘ सूचनामा भनिएको छ।
अब नेपालको लागि टीपीएस संघीय दर्ता सूचना प्रकाशित भएको ६० दिन पछि, अगस्ट ५, २०२५ मा राति ११:५९ बजे समाप्त हुनेछ।
‘यदि तपाईँ हाल नेपालको लागि टीपीएसको लाभार्थी हुनुहुन्छ भने, यदि तपाईँसँग संयुक्त राज्य अमेरिकामा रहनको लागि अन्य कुनै कानुनी आधार छैन भने तपाईँले नेपाल फर्कने तयारी गर्नुपर्छ।‘ डीएचएसको सूचनामा भनिएको छ।
टीपिएस नथप्ने निर्णयबाट अमेरिकामा रहेका करिब आठ हजार नेपाली प्रभावित हुने छन्। विषेश गरी सन् २०१५ मा नेपालमा गएको भूकम्प पछि नेपालले टिपिएस् सुविधा पाएको थियो।
यो सुविधा पाएका नेपालीले अमेरिकामा वैधानिक रुपमा बसोबास गर्न र काम गर्न पाउँदै आएका थिए।