गौरी जोशीद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिका निवासी गौरीराज जोशीले गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
‘एनआरएनएको बृहत् एकताको लागि आगामी कार्यकाल (२५-२७) का लागि आईसीसी अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।‘ जोशीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कृपया यहाँहरू सबै जनाले सदस्यता लिएर यो अभियानमा सक्रिय सहभागिता तथा सहयोग गरिदिनुहुन विनम्र अनुरोध समेत गर्दछु ।‘
जोशीले आफ्नो स्टाटस डा. बद्री केसी र महेश श्रेष्ठलाई ट्याक समेत गरेका छन्। केसी र श्रेष्ठ दुवैले आफूलाई अध्यक्षको दाबी गर्दै आएका छन्।
एनआरएनए आइसीसीमा आधिकारिकता सम्बन्धी मुद्दा नेपालको सर्वोच्च अदालतको पूर्ण बेच्नमा विचाराधीन छ।
बद्री समूहले आगामी अक्टोबरमा १२ औ महाधिवेशनको घोषणा गरेको छ। महेश श्रेष्ठ गत मे मा सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित भएका हुन्।
जोशी बद्री समुहका महासचिव हुन्। जोशीको उम्मेदवारी घोषणाले उनकै समूहका डा. हेमराज शर्मा माथि दबाब बढाएको छ।