प्रथम यु १६ क्रिकेट प्रतियोगिता विपिन चम्किँदा रौनकको : कीर्तिमान

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टी।बी स्मृति प्रथम १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो दिन नेपाली क्रिकेटको इतिहासमा गर्विलो कीर्तिमान बनेको छ ।
लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले गण्डकी प्रदेशविरुद्धको खेलमा १ सय १७ बलको सामना गर्दै १६ चौका र १४ छक्काका साथ घरेलु क्रिकेट इतिहासकै सर्वाधिक २ सय १७ बनाउँदै कीर्तिमान कायम गरेका हुन् ।
वीरेन्द्रनगर मैदानमा भएको खेलमा गण्डकी प्रदेशमाथि ३ सय ३२ रनको फराकिलो जीत दर्ता गराउने क्रममा रौनकले लक्ष्मण कुमालसँग मिलेर २ सय ४४ रनको बलियो साझेदारी पूरा गरे ।
गण्डकीले श्रीवास्तवको दोहोरो शतकको मद्दतमा लुम्बिनीको पारी ४५ ओभर ४ बलमा अलआउट हुनुअघि ४ सय ४ रनको कठिन लक्ष्य खडा गर्न सफल भयो ।
शैलेश काफ्लेको बलमा समीर न्यौपानेबाट क्याच आउट हुनुअघिसम्म रौनकले १ सय ८५ को स्ट्राइक रेटमा आक्रामक ब्याटिङ गर्दै प्रतियोगिताकै रौनक बढाए ।
लुम्बिनीको विशाल योगफलमा लक्ष्मण कुमालले ६०, आरिफ खानले २५ तथा शुभम् खनाल र समिल अली मुसलमानले समान १७र१७ रनको थप्दा ४७ रन बोनस स्वरूप प्राप्त भयो ।
गण्डकीका करण गैरेले तीन, राज परियारले दुई तथा सुप्रिम सुनार, सुजन अर्याल, रिदम पाण्डे, शैलेश काफ्ले र अनीश राउतले एक–एक विकेट लिए । ४ सय ४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी भने २८ दशमलव २ ओभरमा जम्मा ७१ रन जोड्दै अलआउट हुन पुग्यो ।
गण्डकीका अनीश राउतले नकआउट २२, प्रतीक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किदा अरूले कसैलेपनि दोहोरो अंक कटाउन सकेनन् । लुम्बिनीका शुभम् खनलले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिए ।
विपिनको धारिलो स्पिन
उता, कालु चोक मैदानमा भएको अर्को खेलमा घरेलु टोलीका कप्तान विपिनप्रसाद शर्माले आफ्नो धारिलो स्पिनलाई निरन्तरता दिँदा पाहुना टोली सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै प्रतियोगिता तालिकामा २ अंक चढाउन सफल भएका छन् ।
पहिलो खेलमाझैं निकै अनुशासित र किफायती बलिङ गरेका कप्तान विपिनले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै २ रन खर्चिएर ५ विकेट लिन सफल भए ।
१० औँ ओभरमा बलिङ गर्न आएका उनले १ रन मात्रै खर्चिए । १२औँ ओभरमा १ रन दिएर १ विकेट लिएका उनले १४औँ ओभरमा मेडलसहित १ विकेट लिए भने १६औँ ओभरमा मेडलसहित ३ विकेट लिए ।
विपिनको जिम्मेवारीपूर्ण बलिङ कै कारण ५० ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट हुन पुग्यो । जसमा विजय बोहराको ३ तथा नवीन न्यौपानेको २ विकेट महत्त्वपूर्ण रह्यो ।
सुदूरपश्चिमका ओपनर विक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
यस्तै अविरल विकले ९, आहन थलालले ५ र हिमाल दुयालले २ तथा सचिन भट्टले १ रन बनाए । सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो ।
५६ रनको झिनो लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको कर्णालीले १८ ओभर ३ बलमा आफ्नो ५ विकेट सुरक्षित राख्दै प्रतियोगिताको पहिलो जीतसहित अंक तालिकामा खाता खोल्न सफल भयो ।
कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाए भने नमनसिंह थापा र भूपेन्द्र जङ्ग शाहीले नकआउट समान ९ रन बनाए । नवीन न्यौपानेले ७ रन बनाउँदा ओपनर कौस्तुभ खड्काले ४ रन बनाए भने कैलाश खड्का र रोशन शाहीले समान १ रन बनाए ।
लगातार दुई हार खेपेको सुदूरपश्चिम भने अङ्कविहीन छ । यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग ७ विकेटले पराजित भएको थियो ।
दोश्रो दिनको खेल सकिँदासम्म एक एक खेल खेलेर समान दुई दुई अंक जोडेकामध्ये कोशी पहिलो र मधेश दोश्रो स्थानमा रहँदा दोश्रो खेलबाट खाता खोलेको कर्णाली तेश्रो क्रममा रहेको छ ।
प्रतियोगिता अन्तर्गत भोलि २१ गते हुने खेलमा कोशी र लुम्बिनी भिड्दा बाग्मती र कर्णालीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) आयोजनामा ३१ गतेसम्म चल्ने प्रतियोगितामा ७ वटै प्रदेशका टोली सहभागी छन् ।