छवि पाण्डे ओएनएफ अमेरिकाको अध्यक्षमा निर्वाचित

Getting your Trinity Audio player ready...
|
टेक्सस, अमेरिका/ छवि पाण्डे प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका राष्ट्रिय कमिटीको अध्यक्षमा निर्वाचित भएका छन्।
टेक्ससमा भएको चौथो अधिवेशनमा पाण्डे अध्यक्षमा दुई प्रतिस्पर्धीलाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन आयोगद्वारा आइतबार राती सार्वजनिक मत परिणाम अनुसार पाण्डे एक सय एक मतका साथ निर्वाचित भएका हुन्।
पाण्डे ओएनएफ अमेरिकाको चौथो अध्यक्ष बनेका हुन् । सञ्जय थापा संस्थापक अध्यक्ष हुन भने त्यस पछि प्रभु थापा र कृष्ण प्रसाद लामिछानेले ओएनएफलाई नेतृत्व दिएका थिए।
अध्यक्षका अन्य प्रतिस्पर्धी डा. थोमस बास्तोलाले ७४ र गोपाल कँडेलले १८ मत पाए। पाण्डे यस अगाडि सचिव थिए। यस्तै कँडेल उपाध्यक्ष र बास्तोला सह सचिव थिए।
अध्यक्ष बाहेकका अन्य पदमा भने निर्विरोध निर्वाचित भएका छन्।
उपाध्यक्षमा डी.बी. राउत, गोविन्द खनाल, मैया ढुङ्गाना र सञ्जय सिंह के.सी. निर्विरोध निर्वाचित भएका छन्। यस्तै सचिवमा विजय भट्टराई निर्विरोध निर्वाचित भए।
सह सहसचिवमा विजय बगाले, लोकनारायण थापा, साधना पन्त र उपेन्द्र राउत निर्विरोध निर्वाचित भए।
सदस्यहरूमा अर्जुन त्रिपाठी, बलभद्र खडायत, विजय बुढा, दिपक सापकोटा, दुर्गा विश्वकर्मा, दुर्गा के. आचार्य, गोपी ढुङ्गाना, प्रकाश बस्नेत, पुण्यवती पाठक, पुरुषोत्तम बराल, श्रीकृष्ण गौतम, सूर्य लिङ्देन,भुवन अधिकारी, शंकर लुंगेली र गणेश प्रसाद पौडेल निर्विरोध निर्वाचित भएका हुन्।
यस अघि शनिवार ओएनएफ अमेरिकाको चौथो अधिवेशनको उद्घाटन भएको थियो। ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले अधिवेशनको उद्घाटन गरेका थिए।