स्वतन्त्र नागरिक छानबिन आयोगको तीनकुने घटनाबारे प्रतिवेदन सार्वजनिक

Getting your Trinity Audio player ready...
|
काठमाडौं। स्वतन्त्र नागरिक छानबिन आयोगले गत चैत्र १५ गते तीनकुनेमा भएको घटनाको सम्बन्धमा प्रतिवेदन सार्वजनिक गरेको छ।
बुधबार सार्वजनिक प्रतिवेदनमा तीनकुने घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र कानुनी व्यवस्थाको उल्लङ्घन भएको आयोगले निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा घटनामा नेपालको संविधान, मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र र विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरूको उल्लङ्घन भएको आयोगले ठहर गरेको छ ।
प्रतिवेदनमा कार्यक्रम संयोजक प्रहरीको घेराभित्रबाटै फरार भए पश्चात् वरिपरिका निजी घरहरूमा आगजनी हुनु, गोली हान्नुपर्ने परिस्थिति नभएको अवस्थामा गोली हानिएको उल्लेख छ ।
विज्ञहरूले घटनामा सुरक्षाकर्मीले अनावश्यक र अत्याधिक बल प्रयोग गरेको बताएको प्रतिवेदनमा उल्लेख गरिएको छ । २८ पृष्ठको प्रतिवेदनमा कतिपय घटना र विषयमा थप छानबिन गर्नुपर्ने आयोगले उल्लेख गरेको छ ।
उक्त कार्यक्रममा बोक्दै आयोगका अध्यक्ष देवेन्द्र लाल नेपालीले व्यवस्था मान्ने या नमान्ने दुवैले इतिहास घटित हुँदै गएको बुझ्नु पर्ने बताए । उनले जनताको विरुद्धमा सेना नजाने बताए । उनले नेपालमा भएका सबै शक्तिहरू मिलेर अघि बढ्नु पर्ने धारणा राखे ।
त्यस्तै उनले एउटा इतिहास घटित हुँदै छ । एउटा शिक्षा नेपालको प्रत्येक पक्षले सत्तामा बस्ने या बाहिर बस्ने व्यवस्था मान्ने या व्यवस्था नमान्नेहरू सबैले इतिहास घटित हुँदै गएको कुरा बुझ्नु पर्ने छ । आवश्यक स्थिति घटित हुँदै छ । यसलाई बुझ्न आवश्यक रहेको छ । तीनकुनेमा जुन घटना घट्यो त्यो अत्यन्तै दुःखद पक्ष हो । त्यस्तो घटना पुन नदोहोरियोस् । सेना परिचालन गरी दबाउने सोचेको होला संसारका कुनै शक्तिले जनताको विरुद्धमा सेना परिचालन गर्न सक्दैन सबै जनताको शक्ति मिलेर अघि बढ्ने विश्वास लिएको छु ।