साहित्य कला संगम ल्यानक्यास्टर पेन्सिल्भेनियाको स्थापना किन ?

साहित्य कला संगमको स्थापना नेपाली साहित्य, कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकास गर्ने महान् सोचका साथ गरिएको हो। हामी यो संस्था केवल कुनै कार्यक्रम सञ्चालन गर्ने माध्यम हो भनेर होइन, एक दिगो र सृजनशील सांस्कृतिक बाटोका रूपमा अघि बढाउन चाहन्छौँ।
हाम्रो संस्थाले निम्नलिखित मूल उद्देश्यहरूलाई मार्गदर्शक सिद्धान्तका रूपमा अँगालेको छ:
१. नेपाली भाषा र साहित्यको संरक्षण गर्नु,
२. नेपाली संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु,
३. नेपाली भाषा र कलाको रूपान्तरणलाई प्रोत्साहन गर्नु,
४. नेपाली संगीत र नृत्यको संरक्षण गर्नु,
५. नेपाली भाषामा सार्वजनिक वक्तृत्वकला विकास गर्नु,
६. नेपाली भाषामा विविध स्तरका कक्षा सञ्चालन गर्नु।
तर यहाँसम्म मात्र होइन—हाम्रो दीर्घकालीन दृष्टिकोण अझ व्यापक र समर्पित छ:
• नेपाली भाषा, साहित्य, र संस्कृतिमा अनुसन्धान र शैक्षिक क्रियाकलापको प्रवर्द्धन गर्नु,
• प्रतिभावान् नेपाली साहित्यकार र कलाकारलाई प्रस्तुतीकरणको प्लेटफर्म प्रदान गर्नु,
• नेपाली कला र संस्कृतिको माध्यमबाट अन्तर सांस्कृतिक समझदारी र आदानप्रदानलाई प्रवर्द्धन गर्नु,
• डिजिटल प्रविधिको प्रयोगमार्फत सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नु,
• कलाकार र सांस्कृतिक अभ्यासकर्ताहरूको आर्थिक सशक्तीकरणमा सहयोग गर्नु,
• परम्परागत नेपाली कला र अभ्यासहरूको दस्तावेजीकरण गर्नु,
• नेपाली साहित्यलाई विश्वभर फैलाउन साहित्यिक अनुवादको प्रवर्द्धन गर्नु।
साहित्य कला संगमको उद्देश्य केवल मनोरञ्जनमा सीमित छैन।
यो संस्था हो—सृजनशील सोच, सांस्कृतिक चेतना, र समृद्ध समाजको निर्माणमा समर्पित एउटा साझा सपना।
हामी विश्वास गर्छौँ,
साहित्य र कला जीवनका अभिन्न अङ्ग हुन्—
यी माध्यमहरूबाट हामी हाम्रो विचार, भावना, र संस्कृतिको उज्यालो फैलाउन सक्छौँ।
अन्तमा, तपाईँहरू सबैको साथ र समर्थन नै हाम्रो प्रेरणा हो।
हामी सँगै मिलेर नेपाली साहित्य, कला र संस्कृति प्रतिको प्रेमलाई दिगो बनाउने प्रयत्न गरिरहनेछौँ।
धन्यवाद।
ओम घिमिरे, त्रिबिक्रम न्यौपाने र दिपेश चापागाँई
गजल
नेपाली साहित्यको इज्जत ढाक्ने, चोली बनोस् साहित्य कला संगम् ।
नेपाली मनहरूले सदा बोलीरहने, बोली बनोस् साहित्य कला संगम् ॥
नेपाली सरल भाषा शैली र कला पुस्तान्तरण गर्दै गर्दै ।
साहित्य प्रेमीले हृदयमा सजाउने, डोली बनोस् साहित्य कला संगम् ॥
साहित्य, कला, संस्कर्तिलाई एउटै मालामा युगौँ युग सँगालेर।
मिठो भाषा शैली र मौलिकता बोक्ने, झोली बनोस् साहित्य कला संगम् ॥
नेपाली मनहरूले सदा बोलीरहने, बोली बनोस् साहित्य कला संगम् ॥
नानीबाबुहरुलाई नेपाली भाषा पडाएर, लेखाएर, सदा सर्वदा ।
भाषा, साहित्य र कला संरक्षण गर्ने विजयी, गोली बनोस् साहित्य कला संगम् ॥
भाषा, साहित्य र संस्कृतिको विकासमा एक जुट भएर हातेमालो गर्दै ।
चौरासी व्यान्जन अनी अमृत पिलाउने खोली बनोस् साहित्य कला संगम् ॥
नेपाली मनहरूले सदा बोलीरहने, बोली बनोस् साहित्य कला संगम् ॥
दिपेश चापागाँईको गजल
र यो पनि…