पेन्सिल्भेनिया ल्यानक्यास्टरमा जिन्दगानी दर्पण छायाँ


योर्क, पेन्सिल्भेनिया/ तीन साता अधि देखि चर्चा थियो । ल्यानक्यास्टरमा साहित्यिक कार्यक्रमको तयारी हुदैछ । स्वाभाविक उत्साह हुने नै भयो , नयाँ ठाउँमा कार्यक्रम हुदैछ । नयाँ मानिससँग भेटघाट र नयाँ चिनजान बढ्ने छ । म बसेको ठाउँबाट ४५ मिनटको यात्रा गरेर ल्यानक्यास्टर पुग्न सकिन्छ । मित्र प्रकाश नौबागले फोन गरेर भने बिहान १० बजे हिँड्नुपर्छ । कतै साहित्यिक कार्यक्रममा जाने भनेपछि शरीरमा स्वतः स्फूर्ति आउँछ ।
म बिहानको कर्म सकेर प्रकाशजीलाई पर्खिरहेको थिए । प्रकाशजी सधैँको फुर्तिलो अनुहार लिएर आए । गाडी अब ल्यानक्यास्टर गन्तव्य बनाएर सडकमा ५५/६० माइल प्रति घण्टाको गतिले हुइँकियो । एकै प्रकारको सोच एकै प्रकारको आनीबानी भएको साथी सङ्ग यात्रा रमाइलो हुने रहेछ । हामी निर्धारित समय भन्दा छिटो कार्यक्रम स्थलमा पुग्यौँ । भाषा र साहित्यको लागि धेरै समय त्यसमै समर्पित गर्ने मित्र ओम घिमिरे सभा कक्षमा भेट भयो । उनी हरेक साहित्यिक कार्यक्रममा उपस्थित हुन्छन् । यो कार्यक्रमको प्रमुख आयोजकमध्ये उनी एक हुन । सामान्य कुराकानी पछि उनी व्यवस्थापन तिर लागे । प्रकाश र म आपसमा गफिन थाल्यौँ ।
इन्ट्रा फाउन्डेसनको कार्यालय रहेको सभा कक्षमा कार्यक्रमको तयारी गरिएको रहेछ । सुन्दर र शान्त सभा कक्षमा अतिथि र सहभागीकालागि मञ्च देखि दर्शक दीर्घा सम्म बस्नका लागि कुर्सीको व्यवस्था गरिएको थियो। सहभागी र अतिथिको उपस्थिति बाक्लिँदै गयो । ह्यारिसबर्ग, मेकानिक्सबर्ग, योर्क तिरका अतिथि सँगै ल्यानक्यास्टरका कवि, कलाकारहरूको जमघट बिचबाट कवि त्रिविक्रम न्यौपानेले कार्यक्रम सञ्चालनको जिम्मा लिएर मञ्चमा उक्लिए ।
कार्यक्रम आयोजक मध्येका एक त्रिविक्रम न्यौपानेले बिहान ११.३० बजे कार्यक्रमको सभाध्यक्षका लागि स्थानीय बौद्धिक व्यक्तित्व पं. हेम धिताललाई निम्तो दिए । यसरी तोकिएकै समयमा कार्यक्रम सुरु भयो । प्रमुख अतिथि थिए विद्धान बुद्धिजीवी डा. तुलाराम न्यौपाने । उनले नेपाली भाषा र संस्कृतिको उत्थान र विकासकालागि साहित्य कला संगम ल्याङ्कास्टरले महत्त्वपूर्ण योगदान गर्ने छ भन्ने कुरा आफ्नो मतब्यको क्रममा व्यक्त गरेका थिए ।
विशेष अतिथिहरूमा प्रेम घिमिरे, वसुधा रिजाल, नारद सुदामा आचार्य, भरत तिम्सिना, पातलो अन्तरे, मदन दुलाल, नवीन भट्टराई, प्रकाश नौबाग, सी एम निरौला, जे . एन . दाल, गण्डकीपुत्र लगायतका कवि साहित्यकारहरू थिए । बालबालिकाको बाक्लो उपस्थिति र प्रस्तुति रहेको कार्यक्रममा लगभग एक सय बढी सहभागी थिए । साहित्यिक कार्यक्रममा यो सहभागिता उत्साह प्रद मान्नु पर्छ ।
प्रमुख अतिथि र सभाध्यक्षले कार्यक्रमको ब्यानर उघारेर कार्यक्रमको उद्घाटन गरेको थिए भने स्वागत मन्तव्य ओम घिमिरेले गरेका थिए । नेपाली सांस्कृतिक भेषभुषामा सजिएका साना कलाकारले विभिन्न गीतमा नृत्य गरेका थिए ।
स्वागत मन्तव्य पछि आयुषा चापागाँईँ र दिव्या घिमिरेले स्वागत नृत्य गरेका थिए । दिपेश चापागाँईँले साहित्य कला संगमको परिचय दिएका थिए । नेपाली भाषाको विकास र संरक्षण गर्ने उद्देश्य सहित स्थापित साहित्य कला संगम तपशीलका कामलाई महत्वका साथ अधि बढाउने छ भनी दिपेश चापागाँईँले आफ्नो मन्तव्यबाट प्रकाश पारेका थिए ।
१. नेपाली भाषाको संरक्षण गर्नु
२. नेपाली संस्कृतिको संरक्षण गर्नु
३. नेपाली भाषा र कलालाई प्रोत्साहन गर्नु
४. नेपाली गीत संगीत र नृत्यको संरक्षण गर्नु
५. नेपाली भाषामा वक्तृत्व कलाको विकास गर्नु
६. नेपाली भाषाको पठनपाठनका लागि कक्षाहरू सञ्चालन गर्नु ।
यी लगायत दीर्घकालीन योजना सहित आगामी संगमको कार्यको चर्चा उनले गरेका थिए । कार्यक्रममा कवि सी एम निरौलाको हालै प्रकाशित कविता कृति चिहानबाट चिन्तनको परिचर्चा गरिएको थियो । सी एम निरौलाले कविता सङ्ग्रह प्रकाशनमा सहयोगी मनहरूलाई आफ्नो मतब्यको क्रममा सम्झेका थिए भने जे एन दाहालले कविता सङ्ग्रहको समीक्षात्मक टिप्पणी गरेका थिए ।
बाल कलाकारहरू रिया घिमिरे , रीतिका घिमिरे , निषिका सुवेदी , अनीश मगर ,सृष्टिका ढकाल , सेबिका ढकाल , आँचल न्यौपाने, अनुषा चापागाँईँ , प्रणवी मल्ल ढकुरी , प्रयान मल्ल ठकुरी ,रोमेनी तामाङ ,नेहा धिमाल , दिपिका ढकाल , दिव्या ढकाल , तृषा सुवेदी , रिचा सुवेदी , रिस्ता सुवेदी , पृयसा सुवेदी , मेलिषा चौहान , डेलिषा चौहानले नृत्य प्रस्तुत गरेका थिए।
यस्तै सुहाना गुरुङ , जोया गुरुङ ,जेशिका ढकाल , जेनिषा ढकाल , एलिशा घिमिरे , पृषा उप्रेती ,रुबि दाहाल , रिया दाहाल , गृष्मा तिम्सिना, पृषा सुवेदी, एलिजा तामाङ , आहिस्ता मगर, प्रेक्षा मगर, आयुषा चापागाईँ , दिव्या घिमिरे , दीपशिखा घिमिरे , एन्जेलिका गुरुङ , अलविन गुरुङ , अनमोल तामाङ लगायतले विभिन्न लोक तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
दिव्या घिमिरे , आदित न्यौपाने , आयुष धिताल , दीपशिखा घिमिरे , हिमाक्सी धिताल , हिमान्सी धितालले कार्यक्रममा कविता सुनाएका थिए त्यस्तै बाल कलाकार आयुष घिमिरे र प्रयान मल्लले गीत सुनाएका थिए ।
अतिथि कविका तर्फबाट मदन दुलाल , वसुधा रिजाल , शेखर कोइराला , नारद सुदामा आचार्य , परमा अधिकारी कान्छो , देवी दाहाल दागाने , राजेन्द्र जि सी , मेखध्वज खाँडले आ-आफ्ना रचना प्रस्तुत गरेका थिए ।
गायक तथा कवि प्रकाश नौबाग , कवि पाटलो अन्तरे र गायिका अन्जु पूर्णिमा खाँडले गीतको माध्यमबाट कार्यक्रममा रौनक थपेका थिए । कार्यक्रममा सहभागी कवि नवीन भट्टराई , नवोदित कवि कामना ज्योति धिमाल र क्रियामान फाउण्डेसनका संयोजक युवा कवि भरत तिम्सिनाले समय अभावका कारण रचना वाचन गरेनन् । उनीहरूको कविता मनदेखि मनसम्म मम्स ममको मझेरीमा जुन ७ तारिख बेलुका ७ बजे सुन्न पाइने छ ।
उपस्थित अतिथिहरूको स्वागत र सम्मानमा आयोजकहरूका तर्फबाट अत्यन्त हार्दिकताका साथ ध्यान पुर्याएको ल्याङ्कास्टरले अतिथि देवो भव को आदर्श आत्मसात् गरेको देखिन्थ्यो । दमन्ता घिमिरे , निलु चापागाँईँ , माधवी न्यौपाने , लिला चापागाँईँ , आयुष्मा दुलाल , कामना धिमालहरूले कार्यक्रमकै बिचमा अति संयमितसङ्ग कार्यक्रमलाई असर नपर्ने गरी खाजा पानीको व्यवस्थापन गरेका थिए । भाषा साहित्य र संस्कृति संरक्षण अभियानमा यो समूहको सक्रियता अत्यन्त लोभ लाग्दो र शिक्षाका रुपमा कार्यक्रम आयोजना गर्नेहरूले ग्रहण गर्नु पर्ने खालको थियो ।
यो भव्य र सभ्य कार्यक्रमले समग्रमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न लागिपर्ने भाषा र संस्कृत प्रेमी सबैमा एक प्रकारको हौसला र उत्साह प्रदान गरेको छ ।
स्थानीय सामाजिक अभियन्ता राजन मल्ल कार्यक्रमको तस्बिर आफ्नो क्यामरामा कैद गर्न लागिरहेका थिए भने यस क्षेत्रमा बसेर सक्रिय पत्रकारिता गरिरहेका समाज टाइम्स मिडियाका सम्पादक पत्रकार बिष्णु घिमिरे कार्यक्रम नसकिउन्जेल कार्यक्रमको प्रत्यक्ष प्रसारण र रिपोर्टिङ गरिरहेका देखिन्थे ।
सबै क्षेत्र र तप्काका मानिसको सहभागिता रहेको कार्यक्रम चलुन्जेल सबै सहभागी उत्साहका साथ रमाइरहेका थिए । कार्यक्रम करिब ३ घण्टा चलेको थियो । कार्यक्रम सफलताका साथ सम्पन्न गरेकोमा साहित्य कला संगम परिवार ल्यानक्यास्टरलाई बधाई का साथै आगामी यात्रा निरन्तरताको शुभकामना ।
र यो पनि …