मैले दुख गरे जस्तो सबै खेलाडी कोरिया नै जानु पर्ने भन्नै छैन भनेर अमेरिकामा तेक्वान्दोको सेमिनार आयोजना गरेका हौ: ग्राण्ड मास्टर दिवाकर महर्जन

पोर्टल्याण्ड ओरिगन/ युएस वर्ड क्लास तेक्वान्दो हलिउडको ३० औँ वार्षिक उत्सवका अवसरमा आयोजित सेमिनारमा सहभागीलाई विश्व तेक्वान्दोको हेडक्वाटर कोरियाको कुकिवान बाट आएका ग्राण्ड मास्टर मिन हक सेडले शुक्रवार, शनिवार र आइतबार विशेष प्रशिक्षण दिएका थिए।
तीन दिनमा ६ समूहमा गरी आयोजना भएको सेमिनारमा एक सय दश जनाले सहभागी जनाएका थिए।
युएस वर्ड क्लास तेक्वान्दो हलिउड ग्राण्ड मास्टर दिवाकर महर्जनले स्थापना गरेको स्कुल हो ।
उनी अमेरिका तेक्वान्दो स्कुल स्थापना गर्ने पहिलो नेपाली हुन्।
सेमिनारमा सहभागी मध्ये अमेरिकाको विभिन्न राज्यमा तेक्वान्दो स्कुल सञ्चालन गर्दै प्रशिक्षक पनि सहभागी थिए।
कार्यक्रम पछि महर्जन सँग गरिएको कुराकानी…