अमेरिकामा विधान लामा र दिवाकर महर्जन जोडीलाई सम्मान

Getting your Trinity Audio player ready...
|
पोर्टल्याण्ड, ओरिगन/ युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेशनले तीन जना तेक्वान्दोकर्मीलाई शनिवार साँझ सम्मान गरेको छ।
युएस वल्ड क्लास तेक्वान्दो हलिउडको तीसौ वार्षिक उत्सवको उपलक्षमा आयोजित विषेश कार्यक्रममा विधान लामा, ग्राण्ड मास्टर दिवाकर महर्जन र उनी श्रीमती मिनु महर्जनलाई सम्मान गरिएको हो।
विधान लामा ग्रीष्मकालीन ओलम्पिकमा नेपाललाई पदक दिलाउने खेलाडी हुन्।
यस्तै महर्जन जोडी अमेरिकाको ओरिगनमा युएस वल्ड क्लास तेक्वान्दो हलिउड स्कुलका संचालक हुन।
‘उहाँहरूले लामो समय देखि तेक्वान्दोमा पुराएको योगदानको कदर गर्दै हामीले सम्मान गरेका हौ।‘ फेडेरेशनका महासचिव गणेश थापाले भने।
फेडेरेशनका अध्यक्ष मास्टर लव गोर्खालीले लामा र महर्जन जोडीलाई सम्मान पत्र प्रदान गरेका थिए।
र यो पनि…