‘कांग्रेस दुई चार वटा नियुक्तिका लागि सरकारमा गएको होइन’: एनपी साउद

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर,पेन्सिल्भेनिया/ विदेशमा रहेका कांग्रेस निकटहरूले स्थापना गरेको जनसम्पर्क समिति विश्व सञ्जालको कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन पी साउदले सरकारको आलोचना गरेका छन्।
यस अगाडि कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर निकट रहे पनि पछिल्लो समय कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला तर्फ ढल्किएका साउदले सकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताए।
नयाँ वर्ष २०८२ को उपलक्ष्य शुभ कामना साटासाट गर्न शनिवार भर्चुअल मार्फत आयोजित कार्यक्रममा नेता साउदले कांग्रेस दुई चार राजनीतिक नियुक्तिका लागि सरकारमा नगएको भन्दै रोष प्रकट गरे। उनले सरकारले उदेश्य अनुसार काम गर्न नसकेको बातए।
पूर्व परराष्ट्र मन्त्री साउदले डायस्पोराबाट नेपालले धेरै अपेक्षा गरेको पनि बताए। उनले गैर आवासीय नेपाली नागरिकता बाहकलाई भिषा फ्रि भनिएकोमा पनि असहमति जनाए।
‘संविधानमा नै गैर आवासीय नेपाली नागरिकता बाहकले राजनीतिक बाहेक अन्य सम्पूर्ण अधिकार नेपाली नागरिक सरह पाउने भनेको छ, त्यो अधिकार कटौती गर्न हुँदैन।‘साउदले भने, ’त्यसमा कुनै पनि अवरोध हुन हुँदैन।‘
साउदले विदेशमा रहेका नेपालीलाई कन्सुलर सेवा पुराउनु नेपाल सरकारको दायित्व रहेको बताए। उनले आफ्नो पालामा राहदानी वितरण र नवीकरण सहज बनाएको पनि दाबी गरे।
नेता साउदले नेपालमा लोकतान्त्रिक संस्कृतिको विकास गर्न प्रवासमा रहेका नेपालीहरूले खबरदारी गरी रहनु पर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्य मन्त्री गोविन्द बहादुर शाहले नेपालको विकासका लागि ‘प्याराडाइम सिफ्ट’ गर्नु पर्ने आवश्यकता रहेको बताए । उनले यसका लागि प्रवासमा रहेका साथीहरूको सहयोग आवश्यक रहेको बताए ।
शाहले सरकारले विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने व्यवस्था मिलाउनु पर्ने पनि बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछि नेपालले फड्को मरेको दाबी गरे।
‘२०४८ सालमा देश भरि सडक जम्मा सात हजार किमी मात्रै थियो, अहिले १ लाख किमी नाघेको छ।‘ तथा जनसम्पर्क समिति विभागका पूर्व प्रमुख भट्टराईले भने, ‘विश्व बैंकका अनुसार चरम गरिबीको रेखा मुनि रहेका नेपालीको संख्या एक प्रतिशत भन्दा पनि कम छ ।‘
उनले नेपालीको औसत आयु ५४ वर्ष बाट ७२ वर्ष पुगेको बताए।
‘पपुलिज्म र कम्युनिजमले नेपालको हित गर्दैन। नकारात्मक कुराले देश बन्दैन। देश बनाउन राम्रो पार्टी, राम्रो नेता चाहिन्छ।‘ भट्टराईले भने, ‘हामीले अबको २० वर्षमा गरिबीमुक्त देश बनाउन सक्छौँ। यसका लागि तपाईँहरूले आफ्नो अनुभव, सुझाव र सल्लाह दिनु पर्छ।‘
नेविसंघका पूर्व महामन्त्री तथा जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेशनका अध्यक्ष डा यादव पण्डितले नेपाली कांग्रेस समाजवादी आर्थिक मोडलबाट नयाँ आर्थिक मोडलमा जानु पर्ने बताए।
पण्डितले पार्टीले अहिले लिएको दिशा नै परिवर्तन गर्नु पर्ने आवश्यकता रहेको बताए ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका पूर्व अध्यक्ष डा. केशब पौडेलले कांग्रेसका नेताहरूले मन्त्री भए पछि कार्यकर्ता बिर्सने गरेको भन्दै दुख व्यक्त गरे।
‘बीपीको सिद्धान्तको फेरि पुनरावलोकन गरेर नेपालको विकासका लागि सोच्नु पर्ने भएको छ।‘ डा. पौडेलले भने, ‘मन्त्री भए पछि मलाई पुग्यो भन्ने प्रवृत्ति विद्यमान छ।‘
उनले कांग्रेस नेतृत्वलाई विलासितामा ध्यान नदिन र देश विकासको खाका बनाउन आग्रह गरे।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारीले एनआरएनएमा बामपन्थीहरुको पकड बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे। यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाबाट महाधिवेशन प्रतिनिधि सुभाष लामा र रामशरण हुमागाईँले पनि सरकारको आलोचना गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, कांग्रेस नेत्री मृदुला कोइराला, एनआरएनए आइसीसीका पूर्व कोषाध्यक्ष महेश श्रेष्ठ, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष सुनिल साह, एनआरएन अभियन्ताहरू गंगाधर गौतम, प्रमोद सिटौला, दुर्गा आचार्य, डा ज्ञानेन्द्र रेग्मी, बुद्धि सुवेदी, राज रेग्मी, डा. देश राज संयोजक, दिलेन्द्र रावल लगायतले शुभ कामना दिएका थिए।
यस्तै विश्व सञ्जालका सल्लाहकार जापानका धर्म राज अधिकारी, एसिया क्षेत्र संयोजक राम प्रसाद उप्रेती, शिव बहादुर बलायर (चेन्नई) लगायतले शुभकामना दिएका थिए।
विश्व सञ्जालका उप सभापति कोरिया निवासी नवराज शिवाकोटीले स्वागत गरेको कार्यक्रम विश्व सञ्जालका सह महामन्त्री भूपी गोविन्द श्रेष्ठ र प्रवक्ता मुक्तिनाथ पन्तले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रमको सभापतित्व गरिरहेका जनसम्पर्क समिति विश्व सञ्जालका अध्यक्ष बिष्णु सुवेदीले दुई ठुला दलको सरकार हुँदा पनि जनताले सुरक्षित र आशावादी महसुस गर्न नपाएको गुनासो गरे। उनले सरकारलाई जनतामा आशा जगाउने खालका कामहरु गर्न सुझाव दिए ।
अध्यक्ष सुवेदीले विश्व सञ्जाल क्षेत्रगत रुपमा गएको र विस्तारको क्रममा रहेको बताए। उनले अगामी अगस्टमा जर्मनीमा विश्व सम्मेलन गर्ने तयारी भै रहेको पनि जानकारी दिए ।
सुवेदीले विश्व सञ्जालमा जोडिएर नेपालको लोकतान्त्रिक शक्तिलाई बलियो बनाउन पनि आग्रह गरे।
विश्व सञ्जाल क्षेत्रीय समिति विस्तार
सोही कार्यक्रममा जनसम्पर्क समिति विश्व सञ्जालको थप तीन क्षेत्रीय समिति घोषणा गरिएको थियो।
सन् २०१८ स्थापना भएको विश्व सञ्जाले एसिया, मध्यपूर्व र सार्क क्षेत्रमा संगठन विस्तार गरेको छ।
विश्व विञ्जाल दक्षिण एसिया (सार्क) क्षेत्रीय समिति
संरक्षक- डी कृष्णप्रसाद आचार्य
संरक्षक-चन्द्रकान्त आचार्य
अध्यक्ष-शिव बहादुर बलायर
वरिष्ठ उपाध्यक्ष- धन बहादुर के सी
उपाध्यक्ष- मेघराज पौडेल
महासचिव- दीपक बहादुर बिष्ट
सह महासचिब – गोरख बहादुर ढाँट
कोषाध्यक्ष- मान बहादुर खड्का
सदस्य – कृष्ण बहादुर बलायर
सदस्य – इन्द्र बहादुर रोकाया
बाकी कार्य समिति मा जोडिदै जाने ।
मध्य पूर्व
अध्यक्ष- नानुकाजी अर्याल
सदस्य :- एकेन्द्र थापा दुबई
राम कृष्ण पुन – दुबई
नबिन पङ्गाने – ओमान
सञ्जय कुमार शाह – ओमन
राजेन्द्र बिराही – कुवत
सुर्य थापा – बहराइन
विश्व सञ्जाल एसिया प्यासेफिक क्षेत्रिय समिति
सभापति : राम प्रसाद उप्रेती कोरिया
उपसभापति : बाबुराम सापकोटा जापान
महामन्त्री : राजेश खनाल जापान
सहमहामन्त्री: प्रेम सागर पौडेल कोरिया
” : ताहिर खान हङकङ
” : युवराज न्यौपाने मकाउ
कोषाअध्यक्ष: सभापतिले मनोनीत गर्ने
सदस्यहरु : सागर माङ्ग्मु कोरिया
” : राजेन्द्र लामिछाने कोरिया
” : लक्षमण न्यौपाने जापान
” : गणेश रायमाझी जापान
” : बिमान सिंह मोक्तान जापान
” : जगदीश न्यौपाने मकाउ
” : अच्यूत बडाल मकाउ
” : गिता नेपाल हङकङ
” : उपेन्द्र बि.क हङकङ
” : हरि कोइराला मलेसिया
” : घनश्याम चौधरी मलेसिया
” : सन्तोष पौडेल मलेसिया